मुख्यमन्त्री लालबाबु राउतले लगातार ५ वर्ष राज गरेको मधेशको अवस्था कस्तो छ ?

सरकारले सार्वजनिक गरेको तथ्यांकहरुको अनुसार मधेस प्रदेशको अवस्था बारे यहाँ चर्चा गरिएको छ ।

सम्वादाता | २०७९ कार्तिक १७ गते १०: ३७ मा प्रकाशित

वीरगन्ज–२०७४ को निर्वाचन पछि मुलुकको ७ वटा प्रदेश मध्ये ६ वटामा नेपाल कम्युनिष्ट पार्टीको सरकार बनेको थियो भने तत्कालिन प्रदेश नम्बर २ हालको मधेश प्रदेशमा लालबाबु राउत गद्दी नेतृत्वमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सरकार बन्यो ।

नेकपाबाट प्रचण्ड र माधव नेपाल निस्किएपछि ६ वटा प्रदेशका मुख्यमन्त्री बदलिए तर, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतनै बनिरहे । महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी मधेश सरकारबाट अलग भएपनि लालबाबुले कांग्रेस, माओवादी र नेकपा एसलाई मन्त्रालयमा सामेल गरेर ५ वर्ष बलियो सरकार चलाए । तिनै लालबाबु अगामी मंसिर ४ गतेको निर्वाचनमा फेरि उम्मेदवार भएका छन् ।

आफ्नो कामलाई मूख्यांकन गरि पर्सा १ (ख)का जनताले फेरि जिताउनेमा उनी विश्वस्त देखिन्छन् । बेटीको साइकलमा भ्रष्टचार, पोखरी सौन्दर्यकरणमा लापरवाही लगायतका प्रकरण उनको कार्यकालमा उजागर भएका छन् ।

 

उनको पार्टी जसपा अबिच्छिन्न रूपमा मधेस प्रदेश सरकारमा रह्यो । यो प्रादेशिक सरकार कहिल्यै अस्थिर रहेन । बलियो रूपमा ठूलो बजेटका साथ सरकार चलायो । यो मधेस सरकारले खेत खेतमा पानी र घर घरमा रोजगार” भनेको थियो । अनेकन् नाराहरू दिएको थियो ।

आम चुनावले मतदातालाई राजनीतिक पार्टी र निर्वाचित प्रतिनिधीहरूको मूल्यांकनको अवसर पनि प्रदान गर्दछ । लालबाबुको सरकार जो मधेसमा पुरै अवधि राज गर्यो यो पार्टीले मधेसको बिकास गरी अन्ततः मुलुकको बिकासका लागि कति योगदान पुर्यायो, अहिले समृद्धि तथा बिकासको नारा दिएको छ । हिजो कति गर्न सक्यो र आज कति बिश्वास गर्ने, यो प्रश्न खडा भएको छ ।

सरकारले सार्वजनिक गरेको तथ्यांकहरुको अनुसार मधेस प्रदेशको अवस्था बारे यहाँ चर्चा गरिएको छ । मधेस प्रदेशमा २७.७५ मानिस गरिबीको चपेटमा रहनु परेको छ । स्वतन्त्र विज्ञहरूले यो ३५ प्रतिशत भन्दापनि ठूलो रहेको भन्छन । मधेस प्रदेश बहुआयामिक गरिबीको मापदण्डमा पुरै मुलुकमा उच्च रहेको तथ्यांक हालै सार्वजनिक भएको हो ।

नेपालका ७७ जिल्ला मध्ये मधेस प्रदेशका आठ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५५ रहेको छ । यस प्रदेशमा स्कूल जाने उमेरका मध्ये ५०५ बालबच्चाहरू मात्र स्कूलमा भर्नासम्म हुने गरेका छन् । कुपोषणका शिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेश पछि मधेश प्रदेश आउँछ । मधेस प्रदेशमा १५-४९ उमेर समूहका महिला मध्ये ५८५ एनिमीया रोगबाट ग्रस्त छन भने ३६.८५ नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन ।
मुलुकका कुल ३५५२० वटा स्कूलहरू मध्ये मधेश मा स्कूलको संख्या ४१३७ रहेको छ । यस प्रदेशबाट २४.२०५ युवाहरू श्रम बेच्न बिदेशिएका छन् । यसले मधेस प्रदेश भित्रका जिल्लाहरूमा बेरोजगारीको गंभीर अवस्था देखाउछ । मधेस प्रदेशको आर्थिक बिकाश दर भने जम्मा २.३५ रहेको छ । यो प्रदेश युवा साक्षरता दरमा मुलुक मै सबभन्दा कम ६३५ रहेको छ, जबकि गण्डकी प्रदेशको सर्वाधिक ९५५ छ।

मुलुकको कूल ४,०१,२३६ उद्योगको तुलनामा मधेस प्रदेशमा उद्योग संख्या ५४,९१० छ। यहाँको ५४,०४,१४५ जनसंख्यामा जम्मा १३ वटा ठूला सरकारी अस्पताल रहेका छन् । हालको महामारी कोविड(१९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखियो। स्वास्थ्य संरचना ध्वस्त छ। नेपालको सन्दर्भमा मधेस प्रदेशको स्थिति मात्र खराब छ भने होईन।

तर, मधेस प्रदेश तुलनात्मक रूपमा बढी खराब देखिन्छ। संघीयता लागू भएपछि के सुधार भयो त माथीका तथ्यांकमा पुरानो अवस्थाको कति योगदान छ र लालबाबुको सरकारले कति सुधार गर्यो ? प्रश्न किन नसोध्ने ?

प्रतिक्रिया दिनुहोस्