मिटरब्याज पीडित : वीरगञ्जमा भोली पत्रकार सम्मेलन पर्सी बालुवाटार घेर्ने

ग्रामिन क्षेत्रमा सुचनाको कमिले उजुरी दिनबाट बन्चित भएका छन्

सम्वादाता | २०७९ भदौ १४ गते १८: १० मा प्रकाशित

वीरगञ्ज – मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्च गर्ने भएको छ । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न लागेको हो ।
संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले पर्सी बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । उनले वक्तव्य निकाल्दै आफ्नो न्यायका लागि बोलिदिन आग्रह गरेका छन् ।


उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।
आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट सन्जीव उप्रेती, नारायण वाग्ले, भास्कर गौतम, अर्चना थापालगायतले साथ दिइरहेका छन् ।


नागरिक अगुवा उप्रेतीले आन्दोलनको माग सुनुवाई गर्न ढिलाई भइरहेकोमा रोष प्रकट गरे । उनले बालुवाटार मार्चमा साथ दिन सबैलाई अपिल पनि गरेका छन् ।


पर्सामा पनि मीटरब्याजी पीडित

पर्साका मीटरब्याजी पीडितहरु भोली बुधबार पत्रकार सम्मेलन गर्ने लागेका छन । सरकारले भदौ ५ गतेभित्र उजुरी दिन भनेको थियो । तर कतिपय मीटरब्याजी पीडितहरुलाई उजुरी दिएका छैन् ।

ग्रामिन क्षेत्रमा सुचनाको कमिले उजुरी दिनबाट बन्चित भएका छन् । अहिले दिनहुँ उजुरी जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ ।

सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सरकारले भदौ ५ गतेभित्र उजुरी दिन भनेको थियो ।

उजुरीमा आवश्यक कारबाहीका लागि सबै निवेदन प्रमाणसहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्