काठमाडौं । स्नेहाज केयरले यही फागुन १९ भिगन फेस्टिबल (बिरुवामा आधारित आहार) आयोजना गर्ने भएको छ । ग्रास रुट मेभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम सर्भिसेजसँग स्नेहाज केयरको सहकार्यमा बौद्धस्थित उत्पला क्याफेमा भेगन फेस्टिबल हुने संस्थाले जनाएको छ ।
बिरुवामा आधारित आहारको उपभोगका लागि प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१८ देखि स्नेहाज केयरले भिगन फेस्टिबलको आयोजना गर्दै आएको छ ।
महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार र सामग्रीको प्रदर्शन र बिक्री वितरण गरिने हुँदा भिगन सामाग्रीहरूको बिक्रेताहरूले स्टल राख्न मिल्ने व्यवस्था गरिएको स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठ बताउँछिन् ।
महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनी र बालबालिकाहरूका लागि खेल प्रतियोगिताको समेत व्यवस्था गरिएको श्रेष्ठले बताइन् ।
के हो भेगन डाइट ?
भेगन डाइट त्यस्तो डाइट हो, जहाँ माछामासु, अण्डा मात्र होइन, पशुपंक्षीको कुनै पनि उत्पादनको अंश हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दूधसमेत वर्जित छ । किनभने गाईको दूध प्रकृतिले उसकै बाछोका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरुको मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।
यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि बञ्चित गरिएको छ । मानिसहरु विभिन्न कारणले भेगन डाइटलाई ‘फलो’ गर्छन् । यसको मुख्य कारण पर्यावरणप्रतिको चिन्ता वा पशुपंक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापि, यसको विभिन्न स्वास्थ्य लाभ पनि हुन्छ ।
फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुट्स लगायत वनस्पतिबाट उत्पन्न हुने खाद्यान तथा विभिन्न बीउमार्फत उत्पादन हुने आहार होल फूड भेगन डाइट अन्तर्गत पर्छ ।
काँचो फल, सागसब्जी, नट्स, बीउ वा बोटविरुवा खाद्य पदार्थमा आधारित एक शाकारी आहार हो । जो ११८ डिग्री तापमानमा पकाइन्छ ।
एक किसिमको भेगन डाइटमा एभोकाडो जस्ता बोसोयुक्त फललाई सामेल गरिन्छ । साथै उच्च कार्बनयुक्त फलफूल पनि भेगन डाइटकै एक अंश हो । यसमा आलु, चामल, मकै आदि पर्छन् ।
विश्व प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ए लभेल । यो शैक्षिक कार्यक्रम विश्वका १२५ देशमा सञ्चालनमा छ । क्याम्ब्रिजले तयार गरेको पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली भएकाले यो निकै उन्नत र वैज्ञानिक मानिन्छ । ए लेभलको परीक्षा विश्वभरका विद्यार्थीले एकै मापदण्डमा रहेर दिनुपर्ने हुन्छ ।
अझ परिवारमा अवकाशप्राप्त वा घरमै बस्ने अग्रज छन् भने त्यस घरमा हुर्किने सन्तानको लागि झनै फाइदाजनक हुन्छ । उनीहरुसँग समय हुने भएकाले बालबालिकाको मानसपटलमा आएका स-साना किसिमका प्रश्नको जवाफ पनि उनीहरुले बुझ्न सक्ने हिसाबले दिन सक्छन् । यही सिकाउने क्रममा दिनभरको पट्यारलाग्दो समय पनि वृद्धहरुले रमाइलोसँग बिताउन सक्छन् ।
जुनार सुन्तला प्रजातिकै फल हो । यद्यपि चाख्नेहरुलाई थाहा छ, सुन्तला जस्तो देखिए पनि यसको स्वाद केही फरक छ । यसमा मन्द गुलियो र आंशिक अमिलो स्वादको मिश्रण छ ।
प्रतिक्रिया दिनुहोस्