नगरपालिका भित्रै महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास

कारवाहीको माग गर्दै महिलाले शनिबार ईलाका प्रहरी कार्यालय पोखरियामा उजुरी समेत दिएकी छन् । घटनाको विरुद्धमा पोखरिया बजारमा शनिबार बिहान सरसफाईकर्मीले फोहोर संकलन गरेका छैनन् ।

सम्वादाता | २०८० मंसिर ३० गते १६: ०१ मा प्रकाशित

वीरगन्ज– पर्साको पोखरिया नगरपालिकाको कार्यालयमै एक महिला सरसफाई कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास भएको छ । सरसफाईको नाममा शुक्रबार राति करिब साढे ९ बजेको समयमा कार्यालयमा बोलाई सरसफाईका नाईकेले जबरजस्ती करणीको प्रयास गरेको महिला सरसफाईकर्मीले आरोप लगाएकी छन् । कारवाहीको माग गर्दै महिलाले शनिबार ईलाका प्रहरी कार्यालय पोखरियामा उजुरी समेत दिएकी छन् । घटनाको विरुद्धमा पोखरिया बजारमा शनिबार बिहान सरसफाईकर्मीले फोहोर संकलन गरेका छैनन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले नगरपालिकाको महिला सरसफाईकर्मीले आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै उजुरी दिएको बताए । रातिदेखिनै आरोपित सरसफाईका नाईके रामबली हजार फरार रहेका छन् । पीडित महिलाका अनुसार राति खाना पकाउने समयमा सरसफाई गर्नु छ भन्दै नगरपालिकामा बोलाइएको थियो ।
‘कार्यालय भवनको भुइ“ तल्लामा रहेको स्वास्थ्य शाखामा सरसफाई गर्ने क्रममा नाईके रामबली हजराले कोठाको चुकुल लगाएर जबरजस्ती करणी प्रयास गरेका थिए,’ ती महिला भन्छिन्, ‘मैले होहल्ला गर्न थालेपछि ढोका खोलेर पर्खाल हामफालेर भागेका थिए ।’ नाईकेले अन्यले माथिल्लो तल्लामा सरसफाई गर्दै छन्, तिमी यही भुइ तल्लामा सरसफाई गर्न लगाएका थिए । सरसफाई शाखा प्रमुख विनोद पाण्डेले कार्यालयले समेत घटनाको यर्थात छानबिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्