व्यापारीसंग रकम उठाईरहेको अवस्थामा नक्कली प्रहरी पक्राउ

कोईरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता समेत रहेको थापाले जनाए ।

सम्वादाता | २०८० मंसिर १५ गते १६: ०६ मा प्रकाशित

वीरगन्ज – व्यापारीसंग पैसा उठाईरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका– २३ हरपतगन्जमा व्यापारीसंग महिनावारी रकम उठाईरहेको विशेष सूचनाको आधारमा प्रहरीले ४५ वर्षीय गोबिन्द महतो कोईरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार वाराको आदर्शकोतवाल गाउपालिका– ८ लक्ष्मीटोल निवासी कोईरीले विगत ५\६ महिनादेखि आफू मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पर्सा, वारा र रौतहटका लागि खटिएको घुमुवा प्रहरी हु भन्दै हरतगन्ज स्थित केमिकल कम्पनी अगाडि व्यापारीसंग पैसा उठाईरहेको जानकारी आउनासाथ प्रहरी चौकी सिर्सियाबाट प्रहरी परिचालन गरिएको थियो । कोईरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता समेत रहेको थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस्