वीरगन्ज – पोखरा निवासी एक युवकलाई पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका– २१ परवानीपुरमा वीरगन्ज बाट हेटौडातर्फ गइरहेको ग.१.ख ९६२६ नम्बरको यात्रुवाहक बसको खनतलासी गर्दा प्रहरीले ९ सय एम्पुल लागूऔषध बरामद गरेको हो । प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले उक्त यात्रुवाहक बसको खनतलासी गर्दा चालक बस्ने सिटमुनी लुकाई छिपाई राखिएको सेतो झोलामा कालो प्लाष्टिक भित्र पत्रिकामा सेतो टेपले बेरि राखिएको अवस्थामा ३ सय एम्पुल फेनारगन, ३ सय एम्पुल डाईजेपाम र ३ सय एम्पुल नुरफिन गरि ९ सय एम्पुल लागूऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका ६ निवासी ४० वर्षीय रबिन्द्र केसी रहेको थापाले बताए । प्रहरीका अनुसार केसीले चालकको सिटमुनि लागूऔषधको झोला लुकाएका थिए । थापालाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान थालिएको छ ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्