वीरगन्जको मालपोत अगाडि र विन्दवासिनी चोकको अतिक्रमित जग्गामा महानगरको डोजर कहिले पुग्छ ?

हरिखेतान बहुमुखी क्याम्पस, होटल क्लासिक र कर्पोरेट विकास बैंकको भवन भत्काएर महानगरका मेयर राजेशमानले वाहवाही बटुलेका छन् ।

सम्वादाता | २०८० सावन २४ गते १९: ४७ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज बजारको मूख्य भागमा रहेका हरिखेतान बहुमुखी क्याम्पस, होटल क्लासिक र कर्पोरेट विकास बैंकको भवन भत्काएर महानगरका मेयर राजेशमानले वाहवाही बटुलेका छन् । सहरको मूख्य नाला माथि निर्माण गरिएका ती भवनमा डोजर लगाएर मेयर सिंहले नालाको बहाव खुलाएका छन् । 

क्याम्पस, बैंक र होटल भत्काएका मेयर सिंहले वीरगन्जको वन कार्यालयदेखि मालपोत जाने सडकको बायांपट्टि नालामाथि र वीरगन्ज वडा नम्बर १९ विन्दवासिनी चोकको ऐलानी जग्गामा व्यापारिक प्रयोजनाका लागि निर्माण गरिएका भवनहरुमा कहिले डोजर पुग्छ भनेर महानगरवासीले चासो व्यक्त गरेका छन् । 

कर्मबीर डोजर प्रेमी बीरगजका मेयर राजेशमान सिंहको कर्के आँखा पनि कुनै दिन यस्ता ए्रेलानी जग्गाहरुमा पनि पर्ने हो की ? लोकजनहरु आतुर भएर प्रतिक्षारत रहेका छन् ।  बीरगञ्ज महानगरपालिकाकै कतिपय वडाहरुमा ऐलानी पर्ति जग्गाहरु ब्यक्ति विशेषले अतिक्रमित गरी घर टहरा बनाई बर्सेनी लाखौको अबैध आम्दानी गरि रहेको तथ्य प्रमाणहरुले देखिन आएको भए पनि सम्बन्धित निकायले त्यस प्रति कुनै चासो नलिएको देखी यतिखेर शहरमा त्यसको चर्चा चुलिएको छ । 

 

साविक छपकैया वडा नं. ८ गा. हाल बीरगञ्ज महानगरपालिका वडा नं. ३ को मालपोत कार्यालयको दक्षिण पटि नारायणी उपक्षेत्रीय अस्पतालको परिषर संगै टाँसिएको उसकै पानी बग्ने नाला माथि केहि ब्यक्तिहरुले अबैध काब्जा गरी घर टहरा बनाई आम्दानीको दरिलो श्रोत जुटाएका छन । 

छपकैया वडा नं. ८ गा. किता नं. २९ देखी ३७ सम्मको जग्गाहरुमा पुरानो नाला तथा मालपोत अगाडीको सडक बाटो समेतलाई असर पर्ने गरी सो ठाउँमा यतिखेर पक्की घर निर्माण गरी महिनाको प्रति सटर १५ हजार सम्मको भाडा असुल गर्ने गरेको त्यहाँ मुख्य चर्चाको विषय यतिखेर रहेको छ । 

वन कार्यालयको अगाडीबाट पश्चिम छपकैया हुदै खलवा टोला सिर्सिया तथा सुख्खा बन्दरगाह सम्म जाने उक्त बाटो सवारी गाडीहरुको अत्याधिक दबाबले बाटो सांघुरिएको सबैले देखे भोगेको विषय भए पनि यतिखेर नगरपालिका चुपलागेको देखी अन्य बटुवाहरु तिन छक्क परेका छन ।

त्यसैगरी महानगरपालिकाकै १९ नम्बर वडाको बिन्दबासिनी गाउँको हुलाकी सडकको मुल चौकमा ७ कठ्ठा ऐलानी पर्ति जग्गालाई त्यहाँका केहि हुकुमबासी ठालुहरुले साविक बर्वा गोग वडा नं. ७ को किता नं. ८२ को उक्त प्रर्ति जग्गालाई आ-आफैमा भाग बन्डा मिलाई आफ्नै किसिमले पक्की घर समेत  निर्माण गरी त्यसबाट उनीहरुले महिनाको प्रति सटर १० देखी १२ हजारसम्मको असुली गर्दै गरेको त्यतिकै सत्य रहेको गाउँले बिच यतिखेर चर्चा  चुलिएको छ । 

पर्सा मालपोत अगाडीको बाटोमा अबैध अख्तियारी गरेकाहरुले २०२१ सालमा जग्गा नाप जाँच हुँदा फिल्डबुकमा जग्गा ऐलानी हो हामी पहिला देखी नै तिरो नतिरी भोग चलन गर्दै आएको भनी स्वीकार गरेको भए पनि वडा नं. १९ बिन्दवासिनीका रैथाने हुकुमबासीहरुले त्यसो पनि नकबुलेकको फिल्डबुकबाट देखिन्छ । 

संघिय सरकार गम्भिर हुदै ऐनाली पर्ति जग्गाहरु  माथि अबैध कब्जा हटाई आफ्नो मातहतमा ल्याउन स्थानिय निकायलाई ऐन कानुन सहित अख्तियारी दिएको भए पनि महानगरपालिकाले उक्त दुबै ठाउँबाट ब्यक्ति विशेषहरुको अबैध कब्जा कहिले हटाउने हो ? यो यतिखेर नगरपालिका सामु यक्ष प्रश्न र्तेसिएको छ । 

प्रतिक्रिया दिनुहोस्