मधेश प्रदेशमा पहिलो टेस्ट ट्यूब बेबी जन्मियो

सुर्या अस्पतालमा डा. मोनिको प्रयास सफल हुंदै

सम्वादाता | २०८० सावन ११ गते १०: ४८ मा प्रकाशित


वीरगन्ज– बीरगन्ज स्थित सुर्या अस्पतालमा मधेश प्रदेश कै पहिलो टेस्ट ट्यूब बेबीको जन्म भएको छ । अस्पतालको बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. मोनिका यादव सिंहले एक दम्पतीलाई आईभीएफ प्रविधीबाट उपचार गरेपछि दम्पतीले संतान पाएका छन ।

१५ वर्ष विवाह भई संतान नपाएका दम्पतीले यस भन्दा अगाडी पनि भारतको पटनामा दुई पटक आईभीएफ प्रविधीबाट उपचार गराए तर बच्चा बसेन । दुई पटकको प्रयास विफल हुदापनि उनिहरू निरास भएनन् , ११ महिना अगाडी ती दम्पती सुर्या अस्पतालमा पुगे । डा. मोनिका यादव सिंहले आईभीएफ गरेपछि उनिहरू संतान प्राप्त गरेका छन ।

बुधवार सुर्या अस्पतालमा संचारकर्मीहरू संग संक्षिप्त कुरागर्दै संतान पाएका दम्पतीले बीरगन्ज मै सहज र बाहिरको तुल्नामा सस्तो सेवा पाएको बताए । बरिस्ठ स्त्री रोग बिशेषज्ञ डा. मोनिका यादव सिंहले बिगत एक वर्ष देखि सुर्या अस्पतालमा यो सेवा सुरू गर्नु भएको छ । श्रीमान श्रीमतीको भ्रुणलाई लिएर अण्डा बनाई महिलाको पाठेघरमा राखने प्रविधिलाई आईभिएफ भनिन्छ । धेरै जनामा भ्रम के छ भने,टेष्टट्यूब बच्चा आफ्नो हुदैन ।

यस्तो भ्रममा नपर्न बताउदै डा. सिंहले भनिन् झ दम्पतीको भ्रुणलाई अण्डा बनाउने काम मात्र शरिर भन्दा बाहिर हुन्छ ञ बाकी सबै प्रकृया समान्य गर्भास्था जस्तै हुन्छ । आईभिएफको सफलता दर ३० देखी ४० प्रतिशत सम्म मानिन्छ , तर डा. सिंहले गरेको आईभिएफ अधिकत्तम सफल भएको छ ।

हाल सम्म भएको २७ मध्ये २४ जनामा बच्चा बसी सकेको र त्यस्मापनि धेरै जनालाई पहिलो प्रयास मै बसेको बताउनु भयो । काठमाडौं ,पटना तथा दिल्ली लगायतको ठाउमा महंगोमा सेवा लिनका लागि बाध्यताको अन्त गर्दै मधेश प्रदेश मै पहिलो पटक सुर्या अस्पतालले यो सेवा सुरू गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्