प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते विश्व रक्तदाता दिवस मनाइनेदिवसको अवसरमा बुधवार ब्लोदान पर्साले राणीसति अतिथि सदनमा सम्मानकार्यक्रम आयोजना गरेको थियो ।
वीरगन्ज– विश्व रक्तदाता दिवस को अवसरमा ब्लड डोनर्स एशोसिएशन पर्साले सम्मान कार्यक्रम तथा नेरेसो पर्साले उत्प्रेरणा र तीनवटा संस्थाले रक्तदान कार्यक्रम गरी मनाएका छन् । प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते विश्व रक्तदाता दिवस मनाइनेदिवसको अवसरमा बुधवार ब्लोदान पर्साले राणीसति अतिथि सदनमा सम्मानकार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले शरीरको रगतत्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गरे । उनले रक्तदानगर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आफूले पनि रक्तदान गर्दै आएकोबताए । उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्ष मुनिका सबैलाईरक्तदान गर्न आग्रह गरे ।
ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएकोकार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीनठकुराई, रेडियो वीरगंजका अध्यक्ष धु्रव साह, नेगेटिभ रक्त समूहकानिशान्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ वटासंस्था, सोही अवधिमा दुईपटक वा सोभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था,आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता,प्रत्येक तीनरतीन महीनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता ररक्तदान कार्यक्रममा जूस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोगगर्ने सञ्जु साह, रामबाबू सिंहलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममाब्लोदानका सदस्य शिवजी गुप्ताले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरणगरेका थिए ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमाबहुदरमाई नगरपालिकाको दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमाउत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । नेरेसो भौराटारका अध्यक्ष काशीसाह र गम्हरिया शाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएकोउत्प्रेरणा कार्यक्रममा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल,रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे र नेरेसोउपशाखा रेशमकोठीका लालबाबू सिंहले रक्तदान सम्बन्धी सहभागीहरुलाईतालीम मार्फत सचेत गराएका थिए ।
यसैगरी दिवसको अवसरमा पर्सा र बारामा तीनवटा संस्थाले रक्तदान कार्यक्रमसम्पन्न गरेका छन् । नेरेसो पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगंजमा रक्तदान गरेकोकेन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए । नारायणी वयोधा मेडिसिटीअस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित ४१ जनालेरक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताए । बाराको छातापिपरामा सौरभपूड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेकाथिए ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्