वीरगन्ज कारागारबाट १९ कैदी रिहा

जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ ।

सम्वादाता | २०८० जेठ १५ गते १२: ३८ मा प्रकाशित

वीरगन्ज– गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदी बन्दी रिहा भएका छन् । जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ । १२ जना कैदी कैद भुक्तान गरि रिहा भएका हुन् । 

गणतन्त्र दिवसका दिन रिहमा हुनेमा ५ जना आममाफी सहित कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान र चोरी मुद्दाका ३\३ जना, हातहतियार खरखजानाका २ जना र आपराधिक लाभ, ज्यान मार्ने उद्योग, लागू औषध गाजाका एक\एक जना गरि १९ जना रहेका छन् । 

गणतन्त्र दिवसका दिन रिहा हुनेलाई कैदी बन्दीलाई निमित्त जेलर नवराज बर्तौला, सशस्त्रका डीएसपी लक्ष्मण बराल, सई परमानन्द प्रसाद यादव, कारागारका चौकीदार दिनेश सर्राफले टिका लगाएर बिदाई गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्