आरकेस्ट्रा नचाएर भीड बटुल्दै जालिम र सिंगासन

भोट लिनका लागि जालिम र सिंगासनले समाजमा अश्लिलता पस्किन थालेका छन् ।  झन्डै एक महिनाको चुनावी अभियानमा जालिम र सिंगासनको पक्षमा जनता नदेखिएपछि मनोवैज्ञानिक असरका लागि भीड जुटाउन बाहिरी जिल्लाबाट युवती मगाइएको हो ।

सम्वादाता | २०७९ कार्तिक २९ गते २०: ५५ मा प्रकाशित

पर्सा– पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का एमाले जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँ र सिंगासन साहले भीड जम्मा गर्न आरकेस्ट्रा नचाउन थालेका छन् । भोजपुरीको अश्लिल गीतमा युवती नचाएर एमाले र जसपाका उम्मेदवारले भीड जुटाउन लागि परेका छन् । मनोरन्जनका लागि आउने भीडमा अधिकांश १६ वर्ष मुनिका युवा हुने गरेका छन् । भोट लिनका लागि जालिम र सिंगासनले समाजमा अश्लिलता पस्किन थालेका छन् ।  झन्डै एक महिनाको चुनावी अभियानमा जालिम र सिंगासनको पक्षमा जनता नदेखिएपछि मनोवैज्ञानिक असरका लागि भीड जुटाउन बाहिरी जिल्लाबाट युवती मगाइएको हो । अश्लिल नाचमा रोक लगाइएपनि स्थानीय प्रशासनको मिलेमतोमा जालिम र सिंगासनले आरकेस्ट्रा नचाइरहेका छन् । मंगलबार कालिकामाई गाउँपालिकाको वडा २ भेडिहारीमा एमाले र जसपाको चुनावी सभामा उम्मेदवार र नेताहरु बसेको मञ्चमा युवतीहरुलाई अश्लिल गीतमा नृत्य गराइएको थियो ।  निर्वाचन कार्यालयले कुनै पनि राजनीतिक कार्यक्रम साँझ ७ बजेसम्म मात्र गर्न पाउने नियम लागू गरेको छ । तर, जालिम र सिंगासनको उपस्थितीमा राति ८ बजेसम्म अश्लिल नृत्यु सञ्चालन गरिएको थियो । धेरै ढिला भएपछि भेडिहारीका सचेत युवाहरुले होहल्ला गर्दै विरोध जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्