वीरगञ्जमा “नेपालको संबिधान र संबिधानबाद ७ बर्षे” बिषयक अन्र्तक्रिया

नेपालको संबिधान २०७२ र यसका कार्यान्वय र प्राप्त हक अधिकारबारे चर्चा गरेका हुन् ।

सम्वादाता | २०७९ असोज ३ गते १२: ४२ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्जमा सातौ संबिधान दिवसको अवसरमा आज अन्र्तक्रिया कार्यक्रम गरिएकोे छ । वीरगञ्ज स्कुल अफ ल को आयोजनामा “नेपालको संबिधान र संबिधानबाद ७ बर्षे” बिषयक अन्र्तक्रिया कार्यक्रम गरेको हो ।

संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन नसकेको वक्ताहरुले बताएका हुन् । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकलाई दुःख र सास्ती अझै पनि उस्तै रहेको सहभागिहरुले धारणा राख्नु भएको थियो । वक्ताहरुले नेपालको संबिधान २०७२ र यसका कार्यान्वय र प्राप्त हक अधिकारबारे चर्चा गरेका हुन् ।


कार्यक्रममा प्रमुख अतिथी जिल्ला अदालत पर्साका प्रमुख न्याधिश बिनोद कुमार पोखरेल, प्रकाश थारु, ओमप्रकाश सर्राफ, अधिवक्ता सराजुल अंसारी, वीरगञ्ज कलेजका संचालक बिनोद गुप्ता ,उज्जवल घिमिरे लगायतकाले आफना धारणा राखेको थिए ।
कलेजको लेक्चरर तथा वरिष्ठ अधिवक्ता प्रमोद साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका सहजीकरण चन्द्रिका पटेलले गर्नु भएको थियो । कार्यक्रममा वीरगञ्ज स्कुल अफ ल का बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्