सखुवा प्रसौनी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्बन्धि २ दिने तालिम आजदेखी संन्चालनमा

पालिकामा रहेका अपाङ्गता बालबालिकाको लागि आफ्नो तलब भत्ताबाट केही रकम दिने अध्यक्ष यादवले प्रतिबद्धता जनाउनु भएका छ ।

सम्वादाता | २०७९ भदौ ४ गते १२: ५४ मा प्रकाशित

वीरगञ्ज - पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २मा प्रारम्भिक पहिचान सम्बन्धि २ दिने पुनर्ताजगी तालिम आजदेखी संन्चालन भएको छ । दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय पचगावाको सभा हलमा सबै लागि पढाई कार्यक्रम अन्तर्गत प्रारम्भिक पहिचान सम्बन्धि २ दिने पुनर्ताजगी तालिम संन्चालन भएको हो । कार्यक्रमको प्रमुख अतिथि सखुवा प्रसौनी गाउँ पालिकाका अध्यक्ष यसवन्त यादवले गाउँपालिकाको शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको र शिक्षाप्रती बिशेष ध्यान रहेको प्रतिबद्धता दिनु भएको छ । साथै पालिकामा रहेका अपाङ्गता बालबालिकाको लागि आफ्नो तलब भत्ताबाट केही रकम दिने अध्यक्ष यादवले प्रतिबद्धता जनाउनु भएका छ । कान बाट कम सुने अँखा बाट राम्रो नदेखने अपङकता भएकाहरुलाई बसाईमा पर्ने असरलाई प्रारम्भिक पहिन गरेर सहजीकरण गर्नको लागि तालिमको आयोजना गरिएको छ ।
समाजिक संस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा कार्यक्रम संन्चालन गरिएको छ । सखुवा प्रसौनी गाउँ पालिकाको १४ वटै विद्यालय र पटेर्वा सुगौली गाउँ पालिकाको १३ वटा समुदायिक बिधालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्