विश्व रक्तदाता दिवसको अवसरमा पर्सा र बाराका संघसंस्थाहरुलाई सम्मानित

ब्लड डोनर्स एशोसियसन पर्साले रगतदान गर्ने व्याक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका संघसंस्थाहरुलाई सम्मानित गरेको छ ।

सम्वादाता | २०७९ जेठ ३१ गते १६: ०४ मा प्रकाशित

वीरगञ्ज - विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसियसन पर्साले रगतदान गर्ने व्याक्ति र रक्तदान कार्यक्रम आयोजना गरेका पर्सा र बाराका संघसंस्थाहरुलाई सम्मानित गरेको छ ।

वीरगन्जको होटल मकालुमा आयोजित कार्यक्रममा ब्लड डोनर्स एशोसियसन पर्साले विगत ३ वर्ष देखि मानवसेवाको रुपमा सक्रिय भई पहिलो वर्ष ८० जना, दोस्रो वर्ष ११५ जना र यस वर्ष १०१ जना रक्तदाताहरुले रक्तदान गर्दै निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका समाज सेवी सञ्जु साहलाई सम्मान गरेको हो ।

कार्यक्रममा ब्लड डोनर्स एशोसियसन पर्साले एक सय पिन्ट (पोका) भन्दा बढि रक्तदान गर्ने पर्सा र बाराका ४० वटा संघसंस्था , आकस्मिक रक्तदान कार्यक्रम गरेका ८ वटा संघसंस्था र रक्त सन्चार केन्द्रमा आएर आकस्मिक रगतदान गरेका ६० जना व्यक्तिहरुलाइ पनि सम्मानित गरिएको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अरविन्द सिंहले जानकारी दिए ।

रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्था र रगतदान गर्ने रगत दाताहरुलाइ प्रोत्साहित गर्न सम्मानित गरिएको एशोसियसन पर्साका अध्यक्ष शत्रुधन नेपालले बताए ।

नेपालकै अध्यक्षता र ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सामाजिक अभियन्ता प्रकाश थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ब्लड डोनर्स एशोसियसन पर्साका सचिव सिंहले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्