ठोरीमा जङ्गली हात्तीको आतङ्क किसानहरु मारमा

ठोरी गाउँपालिका वडा नं.३ शिकारिबाँसमा जङ्गली हात्तीको आतङ्कबाट कृषकहरुको धान बाली नष्ट भएको छ ।  

सम्वादाता | २०७९ जेठ २६ गते १५: १७ मा प्रकाशित

वीरगञ्ज - ठोरी गाउँपालिका वडा नं.३ शिकारिबाँसमा जङ्गली हात्तीले आतङ्क मच्चाउन्न थालेको छ । गए राती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले स्थानीय कृषकहरुको धान बाली कुल्चेर नष्ट पारेको स्थानीय राजेन्द्र चौधरीले जनकारी दिनुभयो । पाकेर केही दिनमै काट्ने अवस्थामा रहेको धान हात्तीको झुन्डले कुल्चेर नोक्सान पार्न थाले पछि स्थानीय किसानहरू चिन्तामा छन् ।
खुला जङ्गलको सिमाना सङ्ग जोडिएको शिकारिबांसको खेतबारीमा दिनहुँजसो जसो बँदेल, नीलगाई, हात्ती जस्ता जनावरहरूले दुः ख दिने गरेका छन् ।
जङ्गली जनावरबाट धान बाली जोगाउन्न यति बेला कृर्षकहरु रातभरी जाग्राम बसिरहेका छन् । बाली जोगाउन दर्जनौँ किसानहरू रुखमा मच्चान बनाई ज्यान जोखिममा राखेर बस्न बाध्य छन् ।

सदरमुकाम वीरगञ्जबाट पश्चिममा रहेको ठोरी गाउँपालिकाको निर्मल बस्तीबाट उत्तर तर्फ ६/७ किमी करिबमा घना जङ्गल भित्र चितवन र पर्सा राष्ट्रिय निकुञ्जको दोसाँधमा शिकारिबांस गाउँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्