मालपोत कार्यालय पर्साबाट जग्गाधनी लालपुर्जाको वितरण बन्द

मालपोत कार्यालय पर्साले लालपुर्जा अर्थात जग्गा धनि प्रमाण पुर्जा वितरण गर्न बन्द गरेको छ ।

सम्वादाता | २०७९ जेठ २५ गते १९: ०९ मा प्रकाशित

वीरगञ्ज - मालपोत कार्यालय पर्साले लालपुर्जा अर्थात जग्गा धनि प्रमाण पुर्जा वितरण गर्न बन्द गरेको छ । लालपुर्जा सकिएको हुँदा मंगलवारदेखि सेवाग्राहीलाई लापुर्जा वितरण गर्न नसकेको प्रमुख मालपोत अधिकृत ऋषि कुमार दाहालले जानकारी दिए ।

विभागबाट १२ गतेपछि मात्रै लालपुर्जा आउने जानकारी प्राप्त भएको दाहालको भनाई छ । लालपुर्जा वितरण सेवा केही समय बन्द भएपनि लिखित पारीत, जग्गा किनबेच लगायतका अन्य सेवा भने सुचारु रहेको दाहालले बताए ।

यता लालपुर्जा लिन आएका सेवाग्राही भने खाली हात फर्किन बाध्य छन् । सेवाग्राहीबाट कर लिएपनि समयमै सेवा दिन नसक्नु सरकारको प्रवृतिप्रति सेवाग्राहीले आक्रोश पोखेका छन् । कार्यालय प्रमुखसँगै अन्य कर्मचारीहरुले आवश्यक्ताको आधारमा लालपुर्जा मगाउनुपर्ने सेवाग्राहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्