वीरगञ्जमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपन

विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्जमा पनि वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।

सम्वादाता | २०७९ जेठ २२ गते १४: ४६ मा प्रकाशित

वीरगञ्ज - विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्जमा पनि वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंज वडा नम्बर १० आदर्शनगर स्थित भाजुरत्न चौक देखि आन्तरिक राजश्व कार्यालय हुदै बौद्विमाई टोल बिभिन्न प्रजातिका २५० थान बिरुवा रोपिएको छ । महानगरका उपमेयर ईमतियाज आलमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ग्रीन सिटीका अध्यक्ष जय प्रकास खेतान,समाजसेवी,प्रहरी लगायतका सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्