पर्सामा एकल विद्यालय फाउन्डेशनको ग्रामोत्थान रिसोर्स सेन्टरको भव्य शिलान्यास

बरिष्ठ समाजसेवी एवं रामजानकी बगियाका अध्यक्ष जग्गादाता रामचन्द्र सर्राफले उपलब्ध गराउँनु भएको करिब ३ बिघा जग्गामा ग्रामोत्थान रिसोर्स सेन्टर निर्माणको लागि शिलान्यास गरिएको हो ।

सम्वादाता | २०७९ बैशाख १९ गते ०९: ४२ मा प्रकाशित

वीरगन्ज – एकल विद्यालय फाउनडेशन अफ नेपालले पर्साको पर्सागढी नगरपालिकामा स्थानियको उत्थानको ग्रामोत्थान रिसोर्स सेन्टर (जिआरसी) श्रीराम जानकी बगियाको शिलान्यास गरिएको छ । बरिष्ठ समाजसेवी एवं रामजानकी बगियाका अध्यक्ष जग्गादाता रामचन्द्र सर्राफले उपलब्ध गराउँनु भएको करिब ३ बिघा जग्गामा ग्रामोत्थान रिसोर्स सेन्टर निर्माणको लागि शिलान्यास गरिएको हो । पर्सागढी नगरपालिका वडा नम्बर ४ छटौलीमा निर्माण हुन लागेको रिसोर्स सेन्टरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी समाजसेवी एवं व्यवसायी ओरल्यान्डो, अमेरिका निवासी ब्रह्मरन्त अग्रवाल, विशिष्ट अतिथि विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडा, भुमिदाता रामजानकी बगियाका अध्यक्ष रामचन्द्र सर्राफले संयुक्त रुपमा रिसोर्स सेन्टर स्थापनाका लागि शिलान्यास गरेका हुन । शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समाजसेवी एवं व्यवसायी ओरल्यान्डो, अमेरिका निवासी ब्रह्मरन्त अग्रवालले रिसोर्स सेन्टर स्थापनाका लागि आवश्यक सम्पूर्ण आर्थिक खर्च आफूले नै व्यवहोर्ने प्रतिबद्धता जनाए । उनले हिन्दु धर्म के हो ? त्यो बुझनुपर्ने अहिले आवश्यकता रहेको बताए । मनुष्यलाई बाँच्ने कला र समाजमा योगदान पुर्‍याउँन हिन्दु धर्म नै सबभन्दा उपयुक्त धर्म रहेको बताए । उनले भने, ‘भगवान श्री गणेश अर्थ के हो ? र उहाँको शरिरमा रहेको अंगको महत्व के हो ? कार्यक्रममा सहभागि लाई भगवान गणेशको महत्व बारे जानकारी गराउँदै हिन्दु धर्म र यसको महत्व बारे आफू र आफनो बालबच्चालाई ज्ञान पुर्‍याउँन अहिलेको आवश्यकता हो ।’  जबसम्म आफनो देवी देवताको महत्व बारे जानकारी गराउँदैनौ तबसम्म अरु धर्मको व्यक्तिले हाम्रो धर्मको सम्मान गर्दैन त्यसैले यसको महत्वबारे हरेकलाई जानकारी गराउँन आवश्यक रहेको उनले बताए । कार्यक्रममा विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडाले हिन्दु जीवन पद्धतीमा आधारीत खेती गर्न सुझाव दिए । उनले भने, ‘एकल अभियान शिक्षाको अभियान मात्र होईन, एकल अभियान हिन्दु संस्कार, हिन्दु जीवन पद्धती, हिन्दु रितिवाज, हिन्दु जीवन मूल्यको बारेमा जानकारी गराउँन नै एकल अभियान हो ।’ शिक्षा हासिल गर्न सरकारी तथा निजि विद्यालय स्थापना गरिएको छ तर हामीले स्थापना गरेका एकल विद्यालयले शिक्षा मात्र दिदैन, ग्रामीण विकास योजना मध्ये ग्रामोत्थान संशाधन केन्द्र स्थापना गरी हिन्दु जीवन पद्धती अनुसार, धर्तीमाता, बरुण देवता तथा प्रकृतिको हरेक अंगको साथ एकरस भएर जीवन बिताउँने बारे ज्ञान उपलब्ध गराउँने काम पनि गर्दै आएको छ । उनले भने, ‘युरिया वा केमिकल विषको प्रयोगले धर्ती बाँझ भईरहेको छ । उर्वराशक्तीमा ह्रास आएको छ । यो हिन्दु जीवन पद्धती होईन । उर्वरा शक्ती बनाउँनको लागि घर घरमा गौं माता पालन गर्ने, गोबरबाट खाद्य उत्पादन गर्ने र गौ मुत्रबाट किटनाश औषधी बनाएर खेती गर्नु नै प्राकृति खेती जसलाई जैविक खेती पनि भन्ने गरिन्छ त्यो नै हिन्दु जीवन पद्धती हो ।’  हिन्दु जीवन पद्धतीबाट रसायनिक युक्त खेती गर्न गौ मातामा आधारीत खेती ल्याउँन ग्रामोत्थान संशाधन केन्द्र स्थापना गरी जैविक खेतीको सुरुवात गरिएको छ, यो पद्धतीलाई सिमित नगरी आसपासको गाउँ टोलका स्थानियलाई समेत सहभागिता गराउँन यसको महत्वबारे जानकारी गराउँन आग्रह समेत उनले गरे । एकल विद्यालय फाउन्डेशनका अध्यक्ष महाबिर घिराईयाले गा्रमोत्थान रिसोर्स सेन्टरले गाउँटोलको मात्र नभई पुरै देशको विकासमा योगदान पुर्‍याउँने विश्वास लिएको बताए । उनले भने, ‘स्थापना गर्न लागिएको रिसोर्स सेन्टर मार्फत रोजगार मुलक शिप प्रदान गरी स्थानियलाई आत्मनिर्भर बनाउँने काम हुन्छ, जसले गर्दा गाउँटोलको मात्र विकास हुदैन देशकै विकासमा योगदान पुर्‍याउँन सकिन्छ ।’ सेन्टर मार्फत स्थानियलाई आत्मनिर्भर बनाउँन स्वरोजगारको लागि कम्युप्टर, सिलाई कटाई, आफनो खेतबारीको उर्वराशक्ती कसरी बढाउँन सकिन्छ त्यसबारे तालिम प्रदान गरिने छ, तालिम प्राप्त गरीसकेपछि स्वयं रोजगार गरेर आत्मनिर्भर हुन्छ सकिन्छ । एकल विद्यालय मार्फत देशभरी ६० हजार विद्यार्थीहरु अध्ययन गर्छन् । पर्सामा देशको पहिलो केन्द्र बन्न गईरहेको हुनाले केन्द्रको भवन निर्माणमा मातृशक्तीको आवश्यकता रहेकोले यसमा सहयोग पुर्‍याउँन अपिल समेत उनले गरे । उनले भने, ‘सहयोगि हात अगाडी आए पर्सामा मात्र नभई सातवटै ग्रामोत्थान रिसोर्स सेन्टर स्थापना गर्ने लक्ष्य समेत रहेको छ ।’ कार्यक्रममा भुमिदाता एवं रामजानकी बगियाका अध्यक्ष रामचन्द्र सर्राफ, विभाग संघचालक अशोक बैद्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वीरगन्ज च्याप्टरका अध्यक्ष प्रदीप केडिया, जिआरसी ग्राम अध्यक्ष तेतरी माझी, उपाध्यक्ष रामचन्द्र चौधरी, कमल महतो, विश्व हिन्दु परिषदका प्रहलाद रेग्मी, जितेन्द्र कुमार सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सांस्कृति प्रस्तुतीका साथै सहभागि अतिथिलाई स्थानियले भव्य रुपमा स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्