वीरगन्ज– वीरगन्ज महानगरपालिकाको अगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाको बजेट ल्याएको छ । शनिबार १५ औ“ नगरसभा मार्फत सार्वजनिक भएको बजेट चालु आर्थिक वर्ष भन्दा ६२ करोड रुपैया घटेर आएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधित सहित ३ अर्ब ५१ करोड रहेको छ ।
महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनको कारण राजश्व बाँडफाँड घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए ।
यस्तै प्रदेश सरकारवाट सशर्त अनुदान र बिशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन सकेको छैन्, उपप्रमुख आलमले भने, जसले गर्दा समग्रमा राजश्व परिचालन लक्ष्य अनुरुप हुन सकेको छैन्, काम गर्न कठिनाई छ । चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
नगर सभामा प्रस्तुत आगामि आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरू मध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ । महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्