काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ सुरुवातबाट नै उच्च दरमा आइरहेको विद्युतीय गाडी (ईभी) फागुनमा भने कम आयात भएको छ ।
सरकारले चालु आव बीचमै ईभीमा कर बढाउन सक्ने चर्चा चल्दा पुस र माघमा ठूलो संख्यामा आयात भएको थियो । सरकारले बजेटको मध्यावधिक समीक्षामा भने ईभीको कर चलाएन ।
कुन महिनामा कति आए ईभी ?
फागुन : २७६
माघ : १०५२
पुस : १४२१
मंसिर : ८९९
कात्तिक : ६५२
असोज : १२३७
भदौ : ७८८
साउन : ११०
पुस र माघमा ठूलो संख्यामा ईभी आयात भएको र आगामी आवको बजेटअघि ईभीमा कर नबढ्ने निश्चित भएपछि फागुनमा भने आयात घटेको छ ।
सरकारले कर बढाउन सक्ने शंकाबीच पुसमा चालु आव लागेपछिकै उच्च १ हजार ४ सय २१ युनिट ईभी आयात भएको थियो । माघमा पनि १ हजार ५२ युनिट आयात भएको थियो ।
जुन चालु आव असोजमा आयात भएको १ हजार २ सय ३७ युनिट पछिको उच्च हो । पुस र माघमा कर बढ्न सक्ने शंकाबीच आयात बढे पनि फागुनमा आयात घटेर २ सय ७६ मा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
फागुनसम्मको तथ्यांकका आधारमा चालु आवमा प्रतिमहिना औसत ८ सय ८० युनिट आयात भएको देखिन्छ । जुन तथ्यांकभन्दा पुस र माघमा धेरै माथिको संख्यामा आयात भए पनि फागुनमा भने ईभी आयातमा गिरावट देखिएको हो ।
चालु आव आठ महिनामा १५ अर्ब ८१ करोड ९७ लाख ५९ हजार रुपैयाँ बराबरको ६ हजार ४ सय ३५ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांकमा छ । त्यसबाट सरकारले ६ अर्ब ९९ करोड २६ लाख राजस्व संकलन गरेको छ ।
कुन क्षमताका कति ईभी आयात ?
चालु आव आठ महिनामा विद्युतीय कार, जीप र भ्यान ५ अर्ब १० करोड ४६ लाख २ हजार ७ सय ४६ रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यस्तै ५१ देखि १०० किलोवाट क्षमताका १० अर्ब १८ करोड ५३ लाख रुपैयाँको ३ हजार ५ सय ९४ युनिट ईभी आयात भएको छ । १०१ देखि २०० किलोवाटसम्मका ३८ करोड ५० लाख बराबर ७५ युनिट आयात भएको छ ।
यस्तै २०० किलोवाट भन्दा बढी क्षमताको १४ करोड ४८ लाख रुपैयाँको २० युनिट ईभी आयात भएको भएको भन्सार विभागको तथ्यांक छ ।
यस्तै विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन ६ हजार ५ सय ७२ युनिट आयात भएको छ । नेपालमा नै एसेम्बल गर्ने गरी विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन नै १ हजार ७ सय ३१ युनिट आयात भएको भन्सार विभागले जनाएको छ ।
कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ ।
दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ ।
स्थानीय नरेश ठाकुरले ५ वर्षअघि दिएको जाहेरीको फाइल खोलेर प्रहरीले पर्सा जिल्ला अदालतबाट पक्राउ आदेश लिएको हो । अग्रवालले जन्मका आधारमा २०६३ सालमा नेपाली नागरिकता लिएका थिए । उनले २०५१ सालमा आफू भारतीय भएको उल्लेख गरी सवारी चालक अनुमतिपत्र लिएको भन्दै ठाकुरले जाहेरी दिएका थिए ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्