मंगलबारदेखि वीरगन्जबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द

गलत गर्नेलाई कारावही गर्नुपर्छ तर, सहि काम गर्दा गर्दै पनि अधिकांश व्यवसायी मर्कामा पारिएका छन् । समास्या समाधान नहुन्जेलसम्म ढुवानी सेवा ठप्प रह्ने ट्रान्सपोर्ट एशोसिएशनले जनाएको छ । 

सम्वादाता | २०८० असार ४ गते १७: २८ मा प्रकाशित

वीरगन्ज– सम्बन्धित निकायले ढुवानीको क्रममा हुने विभिन्न समस्यको समाधानमा पहल गर्न उदासिनता देखाएपछि ट्रान्सपोर्ट व्यवसायीले भोली मंगलबारदेखि वीरगन्जबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द आह्वान गरेका छन् ।  वीरगन्जको आदर्शनगर स्थित ट्रान्सपोर्ट एशोसिएशनको कार्यालयमा सोमबार बसेको बैठकले पछिल्लो समय सामान ढुवानीको क्रममा उत्पन्न हुने समस्याहरु हल गर्न स्थानीय प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले कुनै पहल नगरेकाले मंगलबारदेखि खुद्रा तथा फुलट्रीप ढुवानी सेवा अनिश्तिकालका लागि बन्द गरिएको एशोसिएशनका सचिव नवराज अधिकारीले जानकारी दिए । 

मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगन्जमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आवद्ध रहेका छन् । वीरगन्जका दुईवटा भन्सार र औद्योगिक क्ष्ँेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएशनमा आवद्ध व्यवसायीहरुले दैनिक एक सय हाराहारीमा ट्रकमा विभिन्न माल सामान लोड गरि मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।

ढुवानी सेवाको क्रममा पछिल्लो समय प्रहरी र राजश्व विभागबाट हुने व्यवहारबाट आफूहरु धेरै मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । पीर मर्का समाधानका लागि व्यवसायीले गत शुक्रबाट पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ढुवानी व्यवसायीको पीरकर्मा सम्बन्धमा ज्ञापन पत्र बुझाएका थिए ।

 

ज्ञापनपत्र बुझाएकै दिन एशोसिएशनले पत्रकार सम्मेलनको आयोजना गरि राजश्व र प्रहरीले दिंदै आएको अनावश्यक दुखको निवारण नगरेको खण्डमा ढुवानी व्यवसाय बन्द गर्ने जानकारी गराएका थिए । एशोसिएशनका सचिव नवराज अधिकारीले सामानहरु कानूनसम्मत रुपमा ढुवानी गर्दै आएपनि प्रहरीले बिलबिजक नै नभएको जस्तो दुश्प्रचार गर्ने गरेको र अनुसन्धानका लागि राजश्व तथा भन्सार कार्यालय पठाउने गरेको बताए ।

राजश्व अनुसन्धानबाट हुने माल सामानको चेकजा“च, भौतिक परिक्षण, क्रेता बिक्रेताको खातापाता, स्टक, कर तिरेको नतिरेको बारे अनुसन्धान तथा उद्योग र पसल निरीक्षण समेत माल सामान सहितको ट्रक समातेको बखतमा मात्र हुने गरेको देखिन्छ ।  बिलबिजक भएका सामान समेत राजस्व अनुसन्धानमा चेकजा“च गराउ“दा १० देखि १२ दिनसम्म लाग्ने गरेको छ । सचिव अधिकारीका अनुसार एउटा मालवाहक ट्रकमा खुद्रा सामानका कम्तिमा ४० देखि एक सय सम्म पार्टीहरु हुन्छन् ।

सबै पार्टीको श्रोत ल्याउनु, केहिको खाता ल्याउनु, पार्टी बोलाउनु, अडिटर बोलाउनु जस्ता अनेकौं विषयको सृजना राजश्व अनुसन्धान कार्यालयमा हुने गरेको छ । ‘कुनै पार्टीको गल्ती फेला नपर्दा पनि अनुसन्धान टुंग्याउन १० देखि १२ दिनसम्म लाग्ने गरेको छ, सचिव अधिकारीले भने, ‘जबकि एउटा ट्रकमा सामान लोड गरि पठाउंदा एक हजार ५ सय देखि दुई हजार रुपैयासम्म ढुवानी व्यवसायीले आम्दानी गर्ने गरेका छन् ।’ 

उनका अनुसार ट्रक डिटेन्सन हुंदा प्रतिदिन चालक र सहचालकलाई ५ हजार रुपैयां खर्च दिनुपर्ने हुन्छ । ‘गल्ती न भेटिंदा पनि कहांबाट जरिवाना तिर्ने ?’ एक व्यवसायी भन्छन्, ‘प्रहरी र राजश्वले नै व्यवसायीलाई अवैध काम गर्न बाध्य पारिरहेका छन् । प्रहरी र राजश्व कार्यालयको रवैयाले अत्यधिक आर्थिक भार परेको छ ।’

भीसीटीएसको माध्यबाट सरकारको अनलाईन कम्प्युटरमा प्रविष्टिकरण भई पठाइएको माल सामान तथा पार्टीको सम्पूर्ण लेखाजोखा कम्प्युटरमा छदाछदंै सोको उपयोग नगरी क्रेता बिक्रेताको एउटा माध्यमको रुपमा रहेको ढुवानी व्यवसायीहरुलाई मात्र पीर मर्कामा पारिएको छ । अनुसन्धान प्रक्रियालाई छरितो पार्नु पर्छ । गलत गर्नेलाई कारावही गर्नुपर्छ तर, सहि काम गर्दा गर्दै पनि अधिकांश व्यवसायी मर्कामा पारिएका छन् । समास्या समाधान नहुन्जेलसम्म ढुवानी सेवा ठप्प रह्ने ट्रान्सपोर्ट एशोसिएशनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्