प्रभु बैंकका ग्राहकलाई प्रभु अस्पतालको सिटी स्क्यानमा १० प्रतिशत छुट

सम्झौता पत्रमा बैंकका मधेश प्रमुख भूषण गुप्ता र प्रभु अस्पालका डा.मनोज कुमारले हस्ताक्षर गर्नुभएको छ ।

सम्वादाता | २०८० भदौ १ गते १२: ३१ मा प्रकाशित

वीरगन्ज– प्रभु बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले प्रभु बैंकको सिटी स्क्यानमा चेकजांच गराउंदा १० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार प्रभु बैंक लिंक रोड शाखा र प्रभु अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत बैंकका ग्राहक, कर्मचारी र तिनका परिवारलाई सिटी स्क्यानको चेकजांचमा १० प्रतिशत छुट दिइने अस्पतालका सञ्चालक डा.निरन्जन साहले बताउनु भयो ।

गुणस्तरीय सेवाको विश्वासीलो संस्था संग सम्झौता गरेर ग्राहक वर्गालाई थप सेवा दिन पाउंदा हामी खुशी भएको प्रभु बैंकका प्रदेश प्रमुख र वीरगन्ज लिंक रोड शाखाका व्यवस्थापक अमन बोगटीले जानकारी गराउनुभयो ।

बिहीबार सिटी स्क्यानको उद्घाटन भएकै दिन बैंकसंग सम्झौता भएको प्रभु अस्पतालका अध्यक्ष डा.मनोज कुमार बताउनु भयो । उक्त सम्झौता पत्रमा बैंकका मधेश प्रमुख भूषण गुप्ता र प्रभु अस्पालका डा.मनोज कुमारले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्