सानो पाइला सहकारीका बचतकर्ताले ७ महिना अघि नै सीडीओ अफिसमा दिएका थिए निवेदन

प्रशासनमा जानकारी गराउदा समेत म्यानेजर र सिईओ फरार

सम्वादाता | २०८० असार १ गते १२: ४९ मा प्रकाशित

वीरगन्ज– वीरगन्जको आदर्शनगर स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा बिहीबार बचतकर्ताले धर्ना दिएका छन् । लामो समयदेखि आफूले बचत गरेको रकम सहकारीले फिर्ता नदिएकाले बचतकर्ताहरुले एक घन्टा धर्नामा बसेका हुन । विभिन्न बचतकर्ताको करिब एक अर्ब २५ करोड रुपैया“ उक्त सहकारीमा जम्मा रहेको बचतकर्ताहरुले जनाएका छन् । सहकारीकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन र सहकारीका प्रबन्धक अशरफ अली सम्पर्कविहिन छन् ।

सहकारीको सञ्चालक बारे बचतकर्ता अनिभिज्ञ छन् । ‘खुद्रा व्यापारीले प्रति दिन जम्मा गरेको रकम फिर्ता पाउ“,’ ‘सञ्चालक समितिको नाम फोन नम्बर र ठेगाना सार्वजनिक गरी पाउ“,’ ‘घरमा विवाह संस्कारको लागि जम्मा गरेको बचत रकम फिर्ता पाउ“,’ ‘स्वास्थ्य तथा उपचारको लागि बचत गरेको मुद्दती रकम फिर्ता पाउ“’ लगायतका नारा लेखिएका प्लेकार्ड बाकेर बचतकर्ता धर्नामा बसेका थिए ।  केही बचतकर्ताहरुले ७ महिना अगाडि नै निक्षेप रकम फिर्ताको लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए ।

२०७९ कात्तिक २७ मा पवन कुमार अग्रवाल लगायतका बचतकर्ताले विभिन्न मितिमा जम्मा गरेको रकम आवश्यक परेको समयमा झिक्न खोज्दा सहकारीका कर्मचारीले तत्काल रकम फिर्ता दिन असमर्थ रहेको भनि विगत ४ महिनादेखि गैर जिम्मेवार अभिव्यक्ति दिने गरेकाले निक्षेपको सुरक्षाको लागि सानो पाइला सहकारी संस्थाका संञ्चालक तथा प्रबन्धकलाई समस्याको समाधान नहुन्जेलसम्म वीरगन्ज बाहिर जान रोक लगाउन माग गरेका थिए । 

निवेदनकर्ताहरुले सहकारीको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरु र चल अचल सम्पत्ति तत्काल रोक्का राख्न समेत माग गरेका थिए । ‘प्रशासन कार्यालयमा ७ महिना अगाडि नै सहकारीको समस्या समाधानका लागि पहल गरिदिन निवेदन दर्ता गराउदा पनि कुनै सुनवाई भएन्,’ अंकित अग्रवाल भन्छन्, ‘अहिले बचतर्कता मर्कामा परेका छन् ।’ 

बचतकर्ताका अनुसार सहकारीले विगत एक वर्षदेखि बचत रकम फिर्ता दिएको छैन् । छोरीको विवाहका लागि रामबाबु कलावरले जग्गा बिक्री गरि श्रीमतीको नाममा खाता खोली ६ लाख रुपैया“ उक्त सहकारीमा जम्मा गरेका थिए । त्यसस“गै कलवारले दैनिक ५ सय देखि एक हजार रुपैयासम्म दैनिक रुपमा सहकारीमा जम्मा गर्दै आएका थिए । ‘छोरीको विवाह गर्ने बेला पैसा झिक्न पाएको छैन्,’ कलवार भन्छन्, ‘म्यानेजर र सञ्चालक दुबै सम्पर्कविहिन छन् ।’ 

सहकारी कार्यालयमा रहेका सहायक ऋण अधिकृत रविन्द्र यादवले आर्थिक मन्दीका कारण बचतकर्ताको पैसा फिर्ता गर्न नसकिएको बताउ“छन् । ‘बजारमा मन्दी चलिरहेकाले सहकारीको लगानी पनि फसेको छ,’ उनले भने, ‘हामी छिट्टो समस्या समाधान गर्छौ ।’ जानकारका अनुसार सहकारीको नाममा रहेको करिब ३५ कित्ता जग्गा सञ्चालकले आफ्नो परिवारको नाममा नामसारी गराएका छन् ।

वीरगन्जको आदर्शनगरमा रहेको उक्त सहकारीमा ठूला व्यापारिक घरानाले समेत बचत गरेका छन् । ‘एउटै बचतकर्ताले ५ करोड रुपैया सम्म बचत गरेका छन्,’ सम्वद्ध स्रोत भन्छन्, ‘एक्लैले ५ करोड रुपैया“ रकम जम्मा गर्ने कम्तिमा १० जना उद्योगी व्यापारी रहेका छन् ।’ प्रशासनमा जानकारी गराउ“दा समेत म्यानेजर र सिईओ फरार

प्रतिक्रिया दिनुहोस्