वीरगञ्जमा एनआइसी एशिया बैंकको आतङ्क

ग्राहकको घरमैं सुरक्षागार्ड पुगेर ऋण बुझाउन ताकेता

सम्वादाता | २०७९ असार २१ गते ११: ५९ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्जमा एनआइसी एशिया बैंकले ऋणीहरूसँग किस्ताबापतको रकम उठाउँदा अचाक्ली गर्दै आएको छ । एनआइसी एशिया बैंकको आतङ्कले ग्राहकहरू दुःखी भएका छन्।

सो बैंकका ऋणीहरूले दुई किस्ताको रकम नबुझाउँदा बैंकले फोनबाट ताकेता गरिरहने, सुरक्ष्ाँगार्ड, कर्मचारी फर्म, घरमा पठाएर मानसिक तनाव दिने गरेको बताएका छन् । सवारीसाधन, घरकर्जा, व्यवसाय, उद्योग, कलकारखानाको लागि ऋण प्रवाह गरेको बैंकले यस प्रकारको हर्कत गरेर ग्राहकहरूलाई तर्साउने गरेको आरोप छ ।

शनिवार बिदाको दिन वीरगंज–३ मा एकजना ग्राहकको घरमैं सुरक्षागार्ड पुगेर ऋण बुझाउन ताकेता गरेका थिए । घरमा सम्बन्धित मानिस नभएको भनिएपछि पनि सुरक्षागार्ड कुर्सीमा बसेर घण्टौं तनाव दिएको ऋणीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्