फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

सम्वादाता | २०८२ असार २८ गते ०५: ३१ मा प्रकाशित

काठमाडौं, असार २८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको जानकारी दिएको छ ।

फिफाले मार्च १५, २०२१ मा एन्फा मा आर्थिक अपारदर्शिताको आशंका गर्दै ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर खर्च गर्न दिने गरेको थियो ।

चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्