वीरगन्ज– नेपाल राष्ट्र बैङ्कको ६८ औ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्क वीरगन्ज कार्यालयले आयोजना गरेको अन्तर बैङ्क क्रिकेट प्रतियोगिता २०८० को उपाधि नबिल बैङ्कले जितेको छ ।
आदर्शनगर खेल मैदानमा आइतबार भएको फाइनल खेलमा हिमालयन बैङ्कलाई २० रनले हराउँदै नबिल बैङ्क विजयी भएको हो । विजेता र उपविजेता टिमलाई नेपाल राष्ट्र बैङ्कका निर्देशक श्री अजित रेग्मी र उपनिर्देशक श्री रचना शर्मा पराजुलीले पुस्कृत गरेका थिए ।
नेपाल राष्ट्र बैङ्क लगायत अन्य २२ वटा बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान हिमालयन बैङ्कका अरविन्द यादव, उत्कृष्ट बलर नबिल बैङ्कका रोशन मिश्रा, उत्कृष्ट फिल्डर माछापुच्छ्रे बैङ्कका किरण नेपाल र उत्कृष्ट महिला खेलाडी राष्ट्र बैङ्कका इशा भुजेल रहेका थिए । नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक नरेश सर्राफ उक्त प्रतियोगिताको संयोजक थिए ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्