क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई वीरगन्ज महानगरले मोटरसाइकल प्रदान गर्ने

मेयर सिंहले नेपाललाई विश्वकपको ग्लोबाल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । 

सम्वादाता | २०७९ चैत ३ गते १८: १७ मा प्रकाशित

वीरगन्ज– आईसीसी क्रिकेट विश्वकप लिग-२ एकदिवसीय प्रतियोगितामा सहभागी वीरगन्जका दुईजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ओपनिङ्ग ब्याट्सम्यान आसीफ शेख र अलराउण्डर आरीप शेखलाई महानगरको तर्फबाट यामाहा (एफजेड एफ१) मोटरसाइकल एक\एक थान प्रदान गर्ने घोषणा गरेका हुन् । 

मेयर सिंहले नेपाललाई विश्वकपको ग्लोबाल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । 

‘विश्व मानचित्रमा नेपालको नाम जान्वल्य पार्ने यस प्रतियोगितमा वीरगन्जका खेलाडीहरु आसीफ र आरीपको महत्वपूर्ण योगदान हुनु वीरगन्ज महानगरपालिकाको लागि थप गौरवको विषय हो,’ वीरगन्जका मेयर राजेशमान सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व पनि हो ।’ 

खुसी र गौरवको यस क्ष्ँणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै वीरगन्जका दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला स्वरुप महानगरपालिकाको तर्फबाट एक÷एक थान मोटरसाइकल प्रदान गर्ने घोषणा गरेका छौ“ । 

प्रतिक्रिया दिनुहोस्