फागुन २७ देखि दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने
प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाईटेड क्लब वीरगन्ज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।
वारा–दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो ।
शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए ।
उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गतबर्ष देखि परवानीपुरमा सुरु गरीएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ ।
फुटबल प्रतियोगीतामा १० लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए । दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन बैंगलोर रहेको छ भने अन्य एक दर्जन भन्दा बढि विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए ।
यस्तै वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन ।
आठ वटा टिम सहभागी हुने एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन ।
प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाईटेड क्लब वीरगन्ज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।
प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद,शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन ।
प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार , मेडल र प्रमाणपत्र पाउने छन भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर र कोचलाई जनहि ५÷५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार पाउने छन ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल राम , उपाध्यक्ष रवि राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव, सदस्यहरु सफिक आलम , रेहान आलम९काले० ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्