डीएभी र ग्लोबल कलेजको सानदार जित

नेशनल इनफोटेक कप २०७९

सम्वादाता | २०७९ पौष २० गते १०: ०६ मा प्रकाशित

वीरगन्ज – नेशनल इनफोटेक कप २०७९ अन्तर्गत तेस्रो दिन भएका दुईवटा खेलमा डीएभी कलेज र ग्लोबल कलेज विजयी भएका छन् । पहिलो खेलमा डीएभीले वीरगन्ज कलेजलाई ६ विकेटले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वीरगन्ज कलेजले ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

वीरगन्ज कलेजका जेशन हवारी धोबीले सर्वाधिक ३८ रन र युवराज यादवले ३६ रन बनाएका थिए । डीएभीका विशाल यादव र जिशन अख्तरले २÷२ विकेट लिएका थिए ।  १५० रनको लक्ष्य पछ्याएको डीएभीका खेलाडीहरुले १८.१ ओभरमै ४ विकेटको क्ष्ँतिमा लक्ष्य पुरा गरेका थिए । डीएभीका लागि पिन्टु यादवले आकर्षक ४९ रनको पारी खेलेका थिए । अजय पटेलले ४१ रन बनाएका थिए ।

वीरगन्ज कलेजका मुकेश साह र रेहान गुप्ताले १÷१ विकेट लिएका थिए । डीएभीका पिन्टु यादव म्यान अफ दिन म्याच घोषित भएका थिए ।  यसैगरि दोस्रो खेलमा ग्लोबल कलेजले वीरगन्ज पब्लिक कलेज (बीपीसी) लाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको ग्लोबल कलेजले ६ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

ग्लोबलका राहुल दासले सर्वाधिक ४७ रन र इरफान मिया ठकुरीले २४ रन बनाएका थिए । बीपीसीका आयुश सिंह र बालमीकि कुर्मीले १÷१ विकेट लिएका थिए । १६५ रनको लक्ष्य पाएका बीपीसी कलेजका खेलाडीहरु १३.१ ओभरमा अलआउट भई जम्मा ८२ रन बनाउन सकेका थिए । बीपीसीका अजय साहले २२ रन र रोहित कुशवाहाले १६ रन बनाएका थिए । ग्लोबलका रोहन साहले ३ विकेट र रोहन यादवले २ विकेट लिएका थिए । ग्लोबलका रोहन कुमार साह म्यान अफ दि म्याच भएका थिए । 

प्रतिक्रिया दिनुहोस्