वीरगन्ज – नेशनल इनफोटेक कप २०७९ अन्तर्गत दोस्रो दिन भएका दुई वटा खेलमा वीरगन्ज पब्लिक कलेज र नेशनल इनफोटेक कलेज विजयी भएका छन् । पहिलो खेलमा वीरगन्ज पब्लिक कलेजले वीरगन्ज कलेजलाई ४१ रनले पराजित गरेको थियो ।
४ विकेट लिएका बालमिकी राउत म्यान अफ दि म्याच घोषित भएका थिए । टस जितेर पहिले वीरगन्ज कलेजले वीरगन्ज पब्लिक कलेजलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बीपीसीका खेलाडीहरुले २० ओभरमा १४६ रन बनाएका थिए ।
बीपीसीका तौफिक सेखले सर्वाधिक २९ रनको योगदान गरेका थिए । यसैगरि बीपीसीका निरज यादवले २७ रन र सिद्दिक अन्सारीले २३ रन बनाएका थिए । वीरगन्ज कलेजका रेहान गुप्ताले ४ र निरज गुप्ताले २ विकेट लिएका थिए । १४७ रनको लक्ष्य पछ्याएको वीरगन्ज कलेजका खेलाडीहरु १०५ रनमै सिमित भएका थिए ।
वीरगन्ज कलेजका युवराज यादवले ३६ रन बनाएका थिए । बीपीसीका बालमिकी यादवले कसिलो बलिङ गर्दै २ ओभर ५ बलमा ४ विकेट लिएका थिए । दोस्रो खेलमा आयोजक नेशनल इनफोटेक कलेजले इम्पेरियल कलेजलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको इम्पेरियल कलेजले १४ ओभरमा अलआउट भई जम्मा ६५ रन बनाएको थियो । इम्पेरियलका पारसनाथ यादव (१३ रन) र मन्टु यादव (११ रन) ले मात्र दोहोरो अंकमा रन स्कोर गर्न सफल भएका थिए ।
इनफोटेकका सोनु कुशवाहाले सर्वाधिक ३ विकेट र रन्जित कुमारले २ विकेट लिएका थिए । ६६ रनको लक्ष्य इनफोटेक कलेजले विना विकेट गुमाई १० ओभरमै हासिल गरेको थियो । इनफोटेकका आर्दश अनुप साहले सर्वाधिक ४२ रन र रोहित जयसवालले १५ रन बनाएका थिए । इनफोटेकका सोनु कुशवाहा म्यान अफ दि म्याच घोषित भएका थिए ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्