वीरगञ्ज नेपाल खेलकुद महासंघको प्रथम वीरगञ्ज महानगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय सह ईन्र्चाज रमेश पौडेलको प्रमुख आतिथ्यमा हुने महाधिवेशनको उद्घाटन बिहान ११ बजे पदम पार्टी सेन्टर वीरगञ्जमा हुने आयोजकले जनाएको छ । नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव शिव गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महासंघका निर्वतमान उपाध्यक्ष मानदेव हजरा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पत्रकार महेश दास ,महासंघका जिल्ला सचिव संदिप बस्नेत लगायतको उपस्थिती थियो ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्