सन्दिपले भने – म निर्दोष छु, नेपालको कानुन माथि विश्वास छ

आफू माथि लगाइएको आधारहिन आरोपहरु सामना गर्न म तयार छु,

सम्वादाता | २०७९ भदौ २४ गते ०९: ०५ मा प्रकाशित

 

वीरगन्ज– बलात्कारको आरोप लागेका नेपाल क्रिकेटका कम्पतान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो लखेका हुन् । म निर्दोष छु र नेपालको कानुन माथि पूर्ण विश्वास छ । हाल उनी वेष्ट इन्डीजमा सीपीएल खेलिरहेका छन् ।
ट्विट मार्फत उनले सीपीएलबाट बिदा लिएर केही दिनमै नेपाल फर्किने जानकारी गराएका छन् । ‘आफू माथि लगाइएको आधारहिन आरोपहरु सामना गर्न म तयार छु,’ ट्विटमा उनले अगाडि लेखेका छन्, ‘निर्दोषलाई न्याय मिलोस्, यसमा सहभागि सबैको सहि अनुसन्धान होस् ।’

 

प्रतिक्रिया दिनुहोस्