सन्दीप लामिछानेबारे निर्णय लिन क्यानको बैठक बस्दै

सन्दीपविरुद्ध एक किशोरीले जजकमा जाहेरी दिएपछि उनको क्रिकेट करिअर जोखिममा परेको छ

सम्वादाता | २०७९ भदौ २२ गते १२: ३४ मा प्रकाशित

काठमाडौं - प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दिप लामिछानेको जम्जमाउँदो करिअरमा कालो बादल छाएको छ । गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ ।

सन्दीपविरुद्ध एक किशोरीले जजकमा जाहेरी दिएपछि उनको क्रिकेट करिअर जोखिममा परेको हो । आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए ।

‘सन्दीपको विषयमा आइरहेका समाचारहरुप्रति हामी जानकार छौं, आजै बैठक बसेर छलफल गर्छौं,’ अध्यक्ष चतुरबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्