काठमाडौं -आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरू भएको छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरूआत गरेको छ। समूह ‘बी’को खेलमा नेपालले भुटानमाथि ४-० गोलको जित निकाल्यो। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले दुई-दुई गोल गरे।
खेलको १२ मिनेटमा साम्बाले नेपालका लागि पहिलो गोल गरिन्। साम्बाले डिबक्सबाहिर पाएको पास अगाडि बढाउँदै गोल गरिन्। त्यति नै बेला भुटानकी गोलकिपर चिप्लिएपछि साम्बालाई गोल गर्न सजिलो भयो।
खेलअघि देखिको बर्षाका कारण दशरथ रंगशालामा खेल्न असजिलो भएको थियो। मैदानमा पानी जम्दा खेलाडीले दिएका पास भनेको स्थानमा पुगेका थिएनन्।
६७ मिनेटमा साम्बाले नेपालको अग्रता दोब्बर पारिन्। उनले वान भर्सेस वानको अवस्थामा सहज गोल गरिन्।
नेपालका लागि सर्वाधिक गोलकर्ता साम्बा २०२० को महिला लिगमा घाइते भएकी थिइन्। त्यसपछि साम्बाको खुट्टाको शल्यक्रिया गरिएको थियो। एक वर्ष मैदान बाहिर रहेकी साम्बा गत फागुनदेखि मैदानमा फर्किएकी हुन्।
७२ मिनेटमा नेपालका लागि अनिता बस्नेतले तेस्रो गोल गरिन्। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो।
अनिताले ८४ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन्। प्राप्त ब्याकपासमा अनिताले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरिन्।
समूहमा नेपाल र भुटानसहित श्रीलंका छ। अब नेपालले आफ्नो दोस्रो खेल भदौ २७ मा श्रीलंकासँग खेल्नेछ।
भोलि समूह ‘ए’ का खेल हुँदैछन्। दिउँसो १ बजे भारत र पाकिस्तान तथा साँझको खेलमा बंगलादेश र माल्दिभ्स खेल्दैछन्।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्