काठमाडौं -नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ ।
यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ । चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।
पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।
यस शृखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनिरहेको छ । एकरुपको प्रदर्शन गर्न नसकेको नेपाल जितनजिक पुगेर पनि चुक्दै आएको छ । त्यसैले शृंखलाको निर्णायक खेलमा नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।
केन्या जानुअघि आईसीसी टी-२० वरीयता सुधार गर्ने लक्ष्य राखे पनि शृंखलाकै बीचमा नेपालको वरीयता खस्किसकेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।
अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल वरीयतामा यथावत रहनेछ ।पराजित भएमा रेटिङ अंङ्क घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ । त्यसैले अन्तिम खेल नेपालका लागि महत्वपूर्ण छ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्