डेजर्ट भाइपर्सबाट सन्दीपले इन्टरनेसनल टी-२० लिग खेल्ने

सन्दीपको टोलीमा शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता स्टार खेलाडी छन्

सम्वादाता | २०७९ भदौ ४ गते १०: २३ मा प्रकाशित

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-२० लिग खेल्ने भएका छन् । भाइपर्सले शुक्रबार युवा लेगस्पिनर सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको हो । उनी लिगको मार्की खेलाडी समेत थिए ।

सन्दीपको टोलीमा शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता स्टार खेलाडी छन् ।ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी ६ जनवरी देखि १२ फेब्रुअरीसम्म हुनेछ । प्रतियोगितामा सहभागी हरेक टोलीले १२ विदेशीसहित १८ खेलाडी राख्न पाउने छन् ।

यस्तै, हरेक टोलीलाई तीन घरेलु खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ(११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्