एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो । जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशलाग्दो प्रदर्शन गरेका थिए । यस्तै, एक वर्षअघि यसै मैदानमा चोट बोकेर यहि मैदानमा कमब्याक गरेका विकास खवासले समेत उत्कृष्ट प्रदर्शन जारी राखे । पहिलो हाफको अन्त्यमा गोलरक्षक दीपले एक पेनाल्टी बचाउँदै आफूलाई सिद्ध गरे । यस्तै अग्रपंक्तिमा आयुष घलान, मनिष डांगीसँगै सेसेहाङ आङ्देम्बे, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, रक्षक द्वय गौतम श्रेष्ठ र सुमन अर्यालले समेत आशलाग्दो प्रदर्शन गर्दै युवा टोलीमा थप हौसला प्रदान गरे ।
यता, बलियो मानिएको घरेलु टोली कुवेत भने मैदानमा बाहिरको खराव आवाजलाई मैदानमा समेत निरन्तरता दिँदै दुःखद् नतिजा बेहोर्न बाध्य भयो । टिम छनोटबाटै विवादमा रहेको कुवेती टिमले मैदानमा समेत राम्रो प्रभाव पार्न सकेको छैन । उमेर ढल्केका खेलाडीलाई टोलीमा स्थान दिँदा हाल कुवेत एफए नै विवादमा तानिएको छ र उसको समर्थन समेत पहिलो खेलमा खुसी देखिएका थिएनन् ।
औसत ३० उमेरका खेलाडी सामु नेपालका औसत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन् । नियमित र अनुभवी १० खेलाडी विना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परीक्षाको रुपमा समेत हेरिएको छ । जोर्डनसँग बराबरी गर्ने योजना सफल नभएपछि प्रशिक्षक अब्दुल्लाहले बाँकी दुई खेलमा आफ्नो पक्षमा खेल पार्ने योजना बुनेका छन् ।
खलीफाहरुसंग हात मिलाएर कुस्ती गराएका थिए आललमले । यस्ता खेलकुद गतिविधी आयोजना गरेकोमा उपमेयर आलमले आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए । अगामि दिनमा समेत कुनै किसिमका सहयोग चाहिएमा आफू सहयोग गर्न तत्पर रहेको उनले प्रतिवद्धता समेत जाहेर गरेको उपमेयरका प्रेस सल्लाहकार मोहम्मद सदाबले जनाएका छन् ।
वीरगन्ज महानगरपालिका मूख्य प्रायोजक रहेको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् । वीरगन्जको आदर्शनगर रंशालामा दर्शकका लागि अस्थायी प्यारफिट निर्माण गरिएको छ ।
नेपाल पुलिस क्लबका गोलकिपर शत्रुधन चौधरी म्यान अफ दिन म्याच घोषित भएका थिए । चौधरीलाई आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले नगद १० हजार रुपैया“ पुरस्कार प्रदान गरेका थिए ।
क्लाईभ हाउस कोलकाता विरुद्ध ५ गोल गरेका प्रताप गुरुङ म्यान अफ दिन म्याच घोषित भएका थिए । प्रथम वीरगन्ज गोल्डकपको आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्सेर राणाले गुरुङलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्