नेपालमा पनि पब्जी बन्द गर्न सांसद दील कुमारीको माग

प्रतिनिधिसभा बैठकमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

सम्वादाता | २०७९ जेठ २६ गते १६: ४० मा प्रकाशित

काठमाडौं - संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्लो समय पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् । 

 

प्रतिक्रिया दिनुहोस्