काठमाडौं - आईसीसी यू(१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८७ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको हो । नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ र आस्मा पुलामी मगरले २८ रन बनाए । ओपनर किरण कुमारी कुँवर पहिलो ओभरमा खाता नखोली आउट भएपछि अन्जली र आस्माले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरका थिए । १३ ओभरमा ५८(१ को अवस्थामा रहेको नेपालले त्यसपछिको ७ ओभरमा जम्मा २६ रन जोड्दा थप ६ विकेट गुमायो । सृष्टि जैशी, सानु राजवंशी र अनु कठायत समान ३ तथा कप्तान कृतिका मरासिनी १ रनमा आउट भइन् । नेपालका चार खेलाडी रनआउट भएका थिए । मलेसियका लागि नुर अबेदुल सामेदले २ तथा एल्सा हन्टरले १ विकेट लिइन् ।
नेपाल अन्तिम खेल जित्दै छनोटमा सुखद अन्त्य गर्नेमा लक्ष्यमा छ । यसअघि यूएई र थाइल्याण्डसँग पराजित नेपाल यू(१९ महिला विश्वकपमा छनोट हुन असफल भइसकेको छ । नेपालले कतार र भुटानलाई भने पराजित गरेको थियो ।
एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू(१९ महिला विश्वकपमा छनोट हुनेछन् ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्