काठमाडौं - कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।
पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए ।
राजस्थानले टस जितेर पहिला ब्याटिङ गदै २० अभेरमा १३० रन बनाएको थियो । राजस्थानको ओपनरद्वय जोस बट्लरले ३९ र यशस्वी जयसवालले २२ रन बनाए ।
१३१ रनको लक्ष्य गुजरातले खेल सकिन ११ बल बाँकी छँदै भेट्टायो । राजस्थानलाई जिताउन नट आउट रहेका सुवमान गिलले ४५ र डेबिड मिलरले ३२ रन बनाए ।
लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।
क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको भए पनि उपाधि जित्न असफल भयो ।
भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजलो जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
बिहीबार देखि हुने प्रतियोगितमा ६ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । पर्सा ११, नेपाल पुलिस, वन्डर्स क्लब नोयडा, सशस्त्र प्रहरी बल, नेपाल आर्मी र युपि ११ ले प्रतिस्पर्धा गर्ने क्यान पर्साका अध्यक्ष्ँ मनिस सिंहले बताए ।
वीरगन्ज महानगरपालिका मूख्य प्रायोजक रहेको प्रथम वीरगन्ज गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् । वीरगन्जको आदर्शनगर रंशालामा दर्शकका लागि अस्थायी प्यारफिट निर्माण गरिएको छ ।
नेपाल पुलिस क्लबका गोलकिपर शत्रुधन चौधरी म्यान अफ दिन म्याच घोषित भएका थिए । चौधरीलाई आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले नगद १० हजार रुपैया“ पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्