आज आइपिएल फाइनल : उपाधिका लागि गुजरात भर्सेस राजस्थान

आइपिएल २०२२ को फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच आज राति ८ बजे आमने सामने हुने ।

सम्वादाता | २०७९ जेठ १५ गते १२: १६ मा प्रकाशित

वीरगञ्ज - आइपिएल २०२२ को फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच आज राति ८ बजे प्रतिस्पर्धा हुँदैछ।

सिजनको आइपिएल सुरु भएको ६४ दिनअघि कसैले पनि दुई अण्डरडग टोली फाइनलमा पुग्छन भनेर आँकलन गरेका थिएनन्।

एकातिर नयाँ नेतृत्वका साथ आइपिएलजस्तो विश्वको सबैभन्दा ठूलो टी–२० प्रतियोगितामा पहिलो पटक प्रवेश गरेको नयाँ टोली गुजरात, अर्कोतर्फ विगत केही सिजनको कम अनुभवी कप्तानको नेतृत्वमा रहेको टोली राजस्थान। तर प्रतियोगिताअघिको आँकललाई गतल सावित गर्दै दुई टिम फाइनलमा पुगेका छन्।

गुजरातका कप्तान हार्दिक पाण्ड्या आफै चोटग्रस्त थिए। आफू फर्ममा रहेका टोलीका नयाँ खेलाडीलाई कसरी राम्रो नेतृत्व दिन सक्छन् भन्नेमा सबैको शंका थिए। प्रतियोगिता सुरु हुन अघि ओपनर जेसन रोय बायो बबलमा समस्याको कारण टोलीबाट बाहिरिएका थिए।

अर्कोतर्फ राजस्थानका लागि भने सुरुदेखि नै टिम निकै बलियो रहेको बताइँदै आएको थियो। कप्तान सन्जु सामसन र उनको ब्याटिङमा प्रश्न उठ्ने गरेको थियो।

तर दुवै टोलीले आईपीएल २०२२ को ठूलो जितका साथ सुरुवात गरे। पहिलो खेलमा सन्जु सामसनले उत्कृष्ट खेलेका थिए। जसका कारण टोलीले २१० रन बनाएको थियो। सन्जु ‘म्यान अफ द म्याच’ बनेका थिए।

लष्अ
अर्को खेलबाट जोस बटलरले टोलीको जितको नेतृत्व यसरी लिए कि उनले हरेका खेलमा बढि रन बनाउन सके। युजभेन्द्र चहलले बलिङमा उत्कृष्ट खेल देखाए। लिग खेलपछि राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रह्यो र फाइनलपछि बटलरले ओरेन्ज क्याप ९सर्वाधिक रन० र चहल पर्पल क्याप ९सर्वाधिक विकेट० जित्ने अवस्था छ।

यससँगै लिग राउण्डमा पहिलो नम्बरमा रहेको हार्दिकको टोली टूर्नामेंटभर अर्कै शैलीमा देखियो । हार्दिकले कप्तानको रूपमा देखाएको परिपक्कता र मैदानमा देखाएको संयमताले धेरै आलोचकहरूलाई फ्यानमा परिणत गरे । प्रारम्भिक खेलहरूमा मोहम्मद शामी, हार्दिक पाण्डेय, डेभिड मिलर, राशिद खान जस्ता अनुभवी खेलाडीहरूले जितको लगाम उठाए भने पछिल्ला खेलहरूमा शुभमन गिल र ऋद्धिमान साहको विशिष्ट खेलले टिमलाई फाइनलसम्म पुर्ययाए ।

प्रतिक्रिया दिनुहोस्