५ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातटाइटान्सले चेन्नाइ सुपर किंसमाथि रोमाञ्चक जित निकालेको हो । आइतबार राति भएको खेलमा मध्यक्रमका ब्याट्सम्यान डेविड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईमाथि तीन विकेटको जित हात पारेको हो । पहिले ब्याटिङ गरेको चेन्नाइले गुजरातलाई १७० रनको लक्ष्य लिएको थियो र उक्त लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाएर भेटाएको थियो । जितका लागि गुजरातका डेविड मिलरले एक्लै अविजित ९४ रनको योगदान गरेका थिए । खराब स्थितिमा पुगिसकेको गुजरातलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । क्रिजमा रहेका मिलरले छक्का र चौथो प्रहार गरेपछि गुजरात जित नजिक पुगेको थियो । अन्तिम २ बलमा गुजरातलाई दुई रन नै आवश्यक थियो र मिलरले पाँचौ बलमै दुई रन लिएर जिताए । अन्तिम तीन ओभर बाँकी हुँदा गुजरातको खराब स्थितीमा १८ बलमा ४८ रन चाहिएको थियो । यो अवस्थामा कार्यवहाक कप्तान राशिद खानको तीन छक्का र एक चौका मद्दतमा गुजरातले २५ रन जोडेपछि खेल पक्षमा फर्कियो । राशिद २१ बलमा २ चौका र ३ छक्कासहित ४० रनमा आउट भएका थिए । गुजरातका अन्य ब्याट्सम्यान भने चलेनन् । चेन्नइका ड्वेन ब्राभोले चार ओभरमा एक मेडनसहित तीन, महेश थिक्सेनाले दुई, रवीन्द्र जडेजा र मुकेश चौधरीले समान एक÷एक विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६९ रन बनाएका थिए । ऋतुराज गायकवाडले ७३, अम्बाती रायुडूले ४६, रविन्द्र जडेजाले २२, शिभव दुवेले १९, रोबिन उथप्पाले ३ र मोईन अलीले एक रनको योगदान गरे । गुजरातका अल्जारी जोशेफले दुई, मोहम्मद शामी र यश दयालले एक÷एक विकेट लिए । आफ्नो छैटौं खेलमा रोमाञ्चक जित निकालेको गुजरात १० अंकसहित तालिकाको शीर्षस्थानमा छ । ६ खेलमा गुजरातले एक खेल मात्रै गुमाएको छ । चेन्नाइ भने ६ खेलमा पाँच हार व्यहोर्दै अंक दुई अंकका साथ तालिकाको ९औं स्थानमा छ ।
त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको स्वीकारेका छन् । अमेरिका र र वेस्टइन्डिजमा जारी टी-२० विश्वकपमा समूहका सबै तीन खेलमा हारेर फर्किएपछि पौडेलले यस्तो स्वीकार गरेका हुन् ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्