रास्वपा पर्सामा विवाद, मिश्र र पासवानले एकलौटी गर्न खोजेको आरोप

तस्वीरः साभार
वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रिय सभापती जितेन्द्र मिश्र र  सहसचिव तथा संगठन विभाग प्रमुख कृष्ण पासवानको कार्यशैलीका कारण जिल्लामा पार्टीका कार्यकर्ताहरुविच मनमुटाव शुरु भएको छ ।
 
क्षेत्र अन्तर्गतको छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहमतीका आधारमा कमिटी गठन गर्न खोज्दा सभापती मिश्र तथा रास्वपा पर्साका सहसचिव तथा संगठन विभाग प्रमुख कृष्ण पासवानले व्यक्तिगत अडान राखी सहमती हुन नदिएको पार्टीका एक कार्यकर्ताले बतएका छन् । सहमती हुन नसकेपछि कार्यकर्ताहरुले मतका आधारमा कमिटी गठन गर्ने अडान राखेपछि मिश्र र पासवानले सो समेतमा अडचन खडा गरेका थिए । सहमती वा मतका आधारमा कमिटी गठन गर्न नदिएपछि कार्यक्रम स्थगित भएको व्यहोरा माइन्यूटमा उल्लेख गर्न भनेपछि निजहरु नमानेको र त्यसपछि भएको विवादमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
 
प्रहरीको हस्तक्ष्ँेप पश्चात मिश्र र पासवान माइन्यूट लिएर कार्यक्रम स्थलबाट भागेर मिर्जापुरमा लुकेर बसेको एक कार्यकर्ताले बताए । माइन्युटमा आफुखुशी उपस्थिती र निर्णय गराउने भनी मिर्जापुरमा बसेका दुबैलाई कार्यकर्ताहरुले खोजी गर्दा निजहरु मुर्ली चौकमा भेटिएको र कार्यकर्ताहरुको जम्का भेंटमा भएको वादविवादमा मिश्र र पासवान सवार बिइबी ५७८१ नम्बरको गाडीमा सामान्य तोडफोड समेत भएको उनले बताए ।
 
सभापति मिश्रले पार्टीको काम सकेर वीरगंज फर्कने क्रममा आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको बताएका छन् । आक्रमणका क्रममा उनी सवार बिइबी ५७८१ नम्बरको गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 
रास्वपाको केन्द्रीय तालिका अनुसार हाल जिल्लाभर वडा अधिवेशन चलिरहेको छ । प्रारम्भिक रूपमा घटना पार्टीभित्रकै असन्तुष्ट पक्षसंग जोडिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्