जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो ।
गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
प्रहरी निरीक्षक साहका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । श्रीमान दशैयाकै बयान अनुसार श्रीमती रेशमीको शव फेला परेको हो ।
मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म श्रीमान्-श्रीमतीबीच झगडा भइरहेको थियो । दशैया मदिराले लठ्ठिएका थिए । साँझ दशैयाले बुहारीसँग खाना मागे । त्यसपछि उनले सासु खै ? भनेर सोधिन् । बुहारीको प्रश्नमा दशैयाले शंकास्पद जवाफ दिएका थिए । त्यसपछि परिवारका सदस्यले प्रहरीलाई बोलाएका थिए ।
प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए । राति नै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । दशैयालाई प्रहरीले पक्राउ गरेको छ । राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
एलर्जी हुँदा धेरै हाच्छ्युँ आउने, पातलो सिंगान बग्ने, नाक बन्द हुने, टाउको दुख्ने र नाक चिलाउने आदि लक्षण देखा पर्छ । तर सबैलाई एकैनासको लक्षण नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैंका लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिन्छ ।
जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंश शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेसन पनि भन्ने गरिन्छ । योगमा विभिन्न अङ्ग हुन्छन्, जसमध्ये आठौं अंग ध्यानलाई मान्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै आन्तरिक ऊर्जालाई जागरुक गर्नु हो ।
निर्देशिका अनुसार सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिणाम, खुद्रा तथा थोक बिक्री मूल्य, उत्पतिको प्रमणपत्र, उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेसन संलग्न गरी ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टलमा सूचीकृत गराउनु पर्नेछ । यस्तो सूचीकृत गर्ने कार्य तथा व्यवसायसँग सम्बन्धित निजी क्षेत्रका छाता संगठन वा वस्तुगत संघले आवश्यक समन्वय र सहयोग गर्नुपर्ने विषय पनि निर्देशिकामै छ ।
प्रतिक्रिया दिनुहोस्