वीरगन्ज– जनता समाजवादी पार्टी पर्साको विवाद समाधान भएको छ । शुक्रबार राति अबेर सम्म वीरगन्जको होटल पुजनमा पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, वीरगन्जका मेयर राजेशमान सिंह, पार्टीका मधेश प्रदेश इन्चार्ज बालकिशोर यादव, दुईवटा समानन्तर कमिटिका अध्यक्षद्धय रामनरेश यादव र सिंघाशन साह कलवार लगायत नेताहरुको उपस्थितीमा पार्टीको जिल्ला कार्यसमितिको विवाद समाधान भएको हो ।
विगत लामो समयदेखि जिल्लामा विवाद हुंदा २ वटा समानान्तर कार्यसमिति निर्माण भएका थिए । पार्टीको महाधिवेशनका लागि क्रियाशिल सदस्यता काट्ने र होलीपछि कार्यसमिति पुर्नगठन गर्ने सहमति भएको पूर्व मन्त्री एवम् सांसद प्रदीप यादवले जनाए ।
‘पुरानो कुरा भुलेर नया तरिकाले अगाडि बढ्ने सहमति भएको छ,’ सांसद यादवले भने, ‘होलीपछि नै कार्यसमिति पुर्नगठन गर्ने, क्रियाशिल सदस्यता वितरण गर्नेमा सबै पक्ष सहमत भएका छौ ।’ पार्टी पुर्नगठनमा पुराना सिनियर साथी कोही पनि नछुट्न भन्ने पनि सहमति भएको छ ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनको भनाइ छ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्