पर्साका नया एसपी शाहलाई चुनौतीका चाङ

मुद्दाको सम्बन्धमा लेनदेन गरेको प्रमाण नै आईजीपी धिरज प्रताप सिंहकोमा पुगेपछि यसअघिका मुद्दा शाखाका इन्सपेक्टर कारवाहीमा परि सरुवा भएका थिए ।

सम्वादाता | २०७९ पौष २५ गते २०: २९ मा प्रकाशित

वीरगन्ज – संघीय राजधानी काठमाडौपछि एसपीका लागि मधेश प्रदेशको पर्सा जिल्ला आकर्षक मानिदै आएको छ । काठमाडौसंग छोटो दूरि र मुलुकको प्रमुख भन्सार नाकाको हिसाबले पर्सालाई अवैध कारोबारको राजधानी पनि भनिन्छ । 

एसपी मात्र नभई पर्सामा वरिष्ठ प्रहरी नायव निरीक्ष्ँक (तीन तारे सई) र प्रहरी नायव निरीक्ष्ँक (दुई तारे सई) हरुपनि शक्ति केन्द्रमा धाएर दरबन्धी अथवा काज भएपनि मिलाएर आउने गरेका छन् । 

पर्साको इलाका प्रहरी कार्यालय विर्ता, इलाका प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय पोखरिया र पटेर्वासुगोलीमा दरबन्धी कायम गराउन प्रहरी निरीक्ष्ँक (इन्सपेक्टर) हरु गृहमन्त्री, गृहसचिव, मन्त्री वा पार्टीका ठूला नेताको सिफारिस बिना आउन सक्दैनन् भन्ने जगजाहेर नै छ । इनर्वा, बजार छपकैया, भिस्वा, जानकीटोला लगायतका चौकीमा टेन्डर कबोल गरि इन्र्चाज जाने प्रवृत्ति पछिल्लो समय फेरि व्युतिएको छ । 

पछिल्लो समय कांग्रेसको गृहमन्त्री हुदा पर्साबाट ‘रेकर्ड ब्रेक’ हुने तस्करी भएको स्वयम् यसका कारोबारीहरु नै बताउने गरेका छन् । कांग्रेसको सरकार खस्नु एक साता अगाडि मात्र एसपी कोमल शाह पर्सामा काज सरुवा भई आएका हुन् । एसपी नया आएपनि डिएसपी, इन्सपेक्टर, वरिष्ठ सई र सईहरु कांग्रेसकै पालाका छन् । 

नया गृहमन्त्री रवि लामिछानेले प्रहरी आचरण विपरित गतिविधीमा संलग्न नहुन कडा निर्देशन दिएका छन् । पहिलो जिल्ला पोस्टिङ पाएका एसपी शाहले समेत मातहातका प्रहरीलाई आ“चरण विपरित गतिविधीमा संलग्न हुनेलाई कारवाही गरिने बताइसकेका छन् । एसपीको कडा निर्देशन पछि लामो समयदेखि संगठित तस्करीको लाइन खान पल्किएका प्रहरी अधिकृतहरु अहिले तनावमा रहेको सुनिएको छ ।

संगठित तस्करी कति दिन बन्द हुने त्यो समयले बताउने नै छ ।  यसको अलवा जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखा र केरकार शाखा समेत पटक पटक विवादमा आउने गरेको छ । मुद्दाको सम्बन्धमा लेनदेन गरेको प्रमाण नै आईजीपी धिरज प्रताप सिंहकोमा पुगेपछि यसअघिका मुद्दा शाखाका इन्सपेक्टर कारवाहीमा परि सरुवा भएका थिए ।

चेक बाउन्स देखि लिएर लागू औषधसम्मको मुद्दामा ‘लेनदेन’ मिलाउने बिचौलिया परिचालित छन् । पैसाको भरमा भारत विहार रक्सौलको लेनदेनको विषय समेत केरकार शाखाले हेर्न थालेको छ । संगठित तस्करी रोकेका एसपी शाहले जिल्ला प्रहरी कार्यालय भित्रको मुद्दा र केरकार शाखाको बेथिती कसरी नियन्त्रण गर्ने हुन त्यो पर्सावासीले पर्खेर बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्