वीरगञ्ज – आचारसंहिता उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरेको विषयमा निर्वाचन आयोगले पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ।
एकीकृत समाजवादीबाट बारा– ४ मा उम्मेदवार बनेका श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने प्रलोभन देखाएको आयोगले जनाएको छ। श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट बारा ४का उम्मेदावर बनेका हुन् ।
श्रेष्ठले यसअघिको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गरेका थिए ।श्रेष्ठले तनहुँ क्षेत्रमा टिकट नपाएपछि बारा रोजेका हुन् ।
बाराका मतदातालाई प्रलोभन देखाएको उक्त भिडियो प्राप्त भएको भन्दै आयोगले श्रेष्ठलाई आफ्नो उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्