जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना

९ जनाको मृत्यु १६ गम्भीर घाइते

सम्वादाता | २०७९ जेठ २२ गते ०८: ४३ मा प्रकाशित

वीरगन्ज– जनकपुरबाट भैरहना जादै गरेको बस रुपन्देहीको रोहिणी खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ जादै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस विहान साढे ४ बजे पुलबाट खस्दा दुर्घटनामा परेको हो । आइतबार विहानै भैरहवा परासी हुलाकी सडक खण्ड अन्तर्गत रोहिणी पुलमा भएको दुर्घटनामा हालसम्म ४ जनाको पहिचान खुलेको छ ।

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुयाइएका २० जना घाइते मध्ये ५ जनाको मृत्यु भएको हो । मृतक ५ जनामध्ये तीन जनाको पहिचान भएको हो । पहिचान हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेस दास र बुटवालका कृष्णप्रसाद बस्याल छन् । यसैगरि भीम अस्पतालमा मृत्यु हुने ४ जनामध्ये रुपन्देहीको ओमसतियाका राजेन्द्र प्रसाद पाण्डेको पहिचान खुलेको छ । हाल उपचाररत रहेका २४ जना मध्ये १६ जनाको अवस्था गम्भीर बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्