वीरगञ्जमा दुई दिन बृहत शैक्षिक मेला हुने

वीरगञ्जमा यही जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने भएको छ ।

सम्वादाता | २०७९ जेठ २१ गते ०९: ५६ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्जमा यही जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने भएको छ । कृष्ण फाउण्डेशनको आयोजनामा यही जेठ २७ र २८ गते वीरगञ्जको लर्डस दियालोमा २ दिने शैक्षिक मेला हुन लागेको हो ।भारतमा उच्च शिक्षा लिने चाहाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा २५ प्रतिशतदेखि शतप्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला हुन लागेको हो ।
दुई दिनसम्म चल्ने मेलामा भारतका विभिन्न किसिमका ख्याति प्राप्त विश्वविद्यालय, एवम् कलेजहरुका शिक्षकहरुले नै विद्यार्थीलाई निःशूल्क रुपमा परामर्श दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्