सखुवा प्रसौनीको कार्यपालिका सदस्य निर्वाचनमा एमाको प्यानल विजयी

सखुवाप्रसौनी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सम्वादाता | २०७९ जेठ २० गते १८: ०४ मा प्रकाशित

वीरगञ्ज - पर्साको सखुवाप्रसौनी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । शुक्रबार सम्पन्न ६ सदसिय गाँउ कार्यपालिकाको निर्वाचनमा ६ वटै सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । दुई जना दलित÷अल्पसंख्य सदस्यमा एमालेका महादेव साह कलवार र लाल बहादुर उराव निर्वाचित भएका छन् भने महिला सदस्यमा एमालेकै गिरिजा देवी थरुनी , श्रीकान्ति देवी महत्तो थरुनी ,झप्सी दुसादीन र हसिना खातुन निर्वाचित भएका छन् । निर्वाचनमा एमाले एक्लै होमिएको थियो भने नेपाली काँग्रेस र जसपाले भने गठबन्धन गरेका थिए । बैशाख ३० गते भएको निर्वाचनमा ६ वटा वडा रहेको सखुवा प्रसौनी गाँउपालिकामा एमालेले गाँउपालिका अध्यक्ष सहित २ वडा अध्यक्ष , जसपाले गाँउपालिका उपाध्यक्ष सहित २ वडा अध्यक्ष र काँग्रेसले २ वडा अध्यक्षमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्